उपचार गर्ने पैसा नहुँदा सात वर्षदेखि खोरमा बास
उदयपुर । उपचार गर्ने पैसा नहुँदा उदयपुरको चौदण्डीगढी नगरपालिका–२ शिखरपुर भित्तेका ३७ वर्षीय शिबराज बिकलाई परिवारले खोरमा थुनेर राखेका छन् । मानसिक रोगले ग्रसित उनलाई परिवारले ७ वर्षदेखि खोरमा थुनेर राखेका हुन् ।
अश्लील शब्द बोल्ने र कपडासमेत फुकालेर हिँड्ने गरेपछि खोरमै राख्न बाध्य भएको परिवारका सदस्यले बताएका छन् । उनी रातभरि रुने, कराउने, अश्लील बोल्ने घरमा आएका मानिसलाई कुट्ने पिट्ने र केटाक...



























