संगालोखबर सम्बाददाता
फाइल तस्वीर

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान सम्पर्कविहीन भएको छ । ९ बजेर ५५ मिनेटमा जहाज उडेको थियो । त्यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्कबिहिन छ ।

जहाज सम्पर्कबिहिन भएको नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले बताए । विमानस्थलका अनुसार जहाजमा १९ यात्रु सवार छन् ।

Advertisement

विमान सम्पर्कबिहिन भएपछि अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न सकेको छैन । अहिले यो रुटमा बादल लागिरहेको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगेको थियो ।

अपडेट..

बेपत्ता जहाजमा को–को थिए ? (नामावलीसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!