संगालोखबर सम्वाददाता
विमान दुर्घटना स्थल । तस्वीर: नेपाली सेना

विराटनगर । आइतवार बिहानदेखि बेपत्ता भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जनाएका छन् ।

विमान दुर्घटनामा भएको मानवीय क्षतिको यकिन विवरण आउँन वाँकी छ । नेटवर्कको समस्याका कारण थप विवरण प्राप्त गर्न समस्या भइरहेको सेनाले जनाएको छ ।

Advertisement
विमान खोजीका लागि गएको सेनाको हेलिकप्टर ।

पोखराबाट आइतबार बिहान ९ः५५ बजे मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ९ एन एइटी जहाज सम्पर्कबिहिन भएको थियो । जहाजमा चालक दलका सदस्यसहित २२ जना सवार थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!