‘लुट्न सके लुट’: युट्युवबाट हट्यो , माइतीघरमा घन्कियो
काठमाडौँ, ५ फागुन । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको व्यङ्यात्म गीत अहिले युट्युवबाट हटाइएको छ ।
भ्रष्टाचारको विषयवस्तुमा आयोजित उक्त गीत विवादमा तानिएपछि निर्माण पक्षले अहिललाई यो युट्युवबाट हटाएको हो ।
गीतमा प्रयोग भएका शब्दले राज्यको उच्च ओहदासम्म तरङ पैदा गरेको थियो । काम केही नगरेको, ठूला–ठूला भाषण मात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ जस्ता शब्द गी...































