सबैलाई आश्चर्यमा पार्दै वक्सअफिसमा कमाल कमाइ गरेको दक्षिण भारतिय कन्नड सिनेमा ‘केजिएफ’को सिक्वलका लागि बलिउड संजय दत्तलाई प्रस्ताव गरिएको छ।

Advertisement

पहिलो भागको लोभलाग्दो सफलताले गर्दा सिनेमाका निर्माणकर्ताहरूले सिक्वललाई थप वृहत बनाउन संजयलाई सिनेमा ल्याउने योजना बनाएका हुन्।

हाल उनीहरू संजयसँग सिनेमाको लागि कुराकानी प्रयासमा लागेका छन्। निर्माण टिमले छिटै नै संजयलाई भेटेर स्क्रिप्ट सुनाउने तयारी गरेको छ।

सिनेमा यसै वर्ष फ्लोरमा जाने तयारीमा रहेको छ। संजयको प्रवेशले सिनेमालाई अर्को स्तरमा लैजाने अनुमान गरिएको छ।

प्रशान्त निल निर्देशित सिनेमालाई हिन्दी भाषामा फरहान अख्तरको एक्सेल इन्टरटेन्मेन्टले वितरण गरेको थियो। सिनेमामा यश प्रमुख भूमिकामा रहेका छन्।

पहिलो सिक्वलको सफलताले सिनेमा दर्शकहरूका लागि प्रतिक्षित बनिसकेको छ। ‘केजिएफ’ सर्वाधिक महँगो बजेटमा निर्माण भएको पहिलो कन्नड सिनेमा हो।

सिनेमाले सन् ७० को दशकको एक ग्याङ्स्टरको कथा भन्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!