बलिउडका थुप्रै सेलिब्रिटी सेरोगेसीमार्फत आमाबुबा बनेका छन्। कोख भाडामा लिएर बच्चा जन्माउने विधिलाई सरोगेसी भनिन्छ। कोही बिहे नगरी अभिभावक बनेका छन् भने कतिपय जोडीले यस विधिबाट सन्तानसुख प्राप्त गरेका छन्।

Advertisement

आमिर खान

अभिनेता आमिर खान र उनकी दोस्री श्रीमती किरण रावले इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सरोगेसी विधिबाट छोरा अजाद राव खानलाई जन्माएका हुन्। किरणलाई गर्भधारण गर्न समस्या देखिएपछि आफूहरूले यस प्रविधिको सहारा लिएको आमिरले बताएका थिए। आमिरकी पहिलो श्रीमती रीना दत्तबाट दुई सन्तान छन्।

शाहरुख खान

अभिनेता शाहरुख खानका तीन सन्तान छन्, दुई छोरा र एक छोरी। उनको कान्छो छोरा अबराम सरोगेसीबाट जन्मिएको हो। उनी जन्मिँदा शाहरुखकी श्रीमती गौरी खान ४० वर्ष नाघिसकेकी थिइन्। यस उमेरमा गर्भधारण गर्नु जोखिमपूर्ण रहेकाले यस जोडीले सरोगेसीको सहारा लियो।

सनी लियोनी

अभिनेत्री सनी लियोनी छोरी निशा कौरलाई धर्मपुत्री बनाएको आठ महिनापछि सरोगेसीबाट जुम्ल्याहा सन्तानकी आमा बनेकी थिइन्। यस विधिबाट उनका दुई छोरा जन्मिएका छन्।

लिजा रे

अभिनेत्री लिजा रे गत वर्ष सरोगेसीबाट दुई छोरीकी आमा बनेकी छिन्। लिजालाई सन् २००९ मा ब्लड क्यान्सर देखिएको थियो। क्यान्सरका कारण गर्भधारण गर्न नसक्ने भएपछि उनी यस प्रविधिको सहारा लिएर आमा बनेकी छिन्।

तुषार कपुर

अभिनेता तुषार कपुरले बिहे गरेका छैनन्। तर, सन् २०१६ मा उनी एक छोराका बुबा बनेका छन्। सरोगेसीबाट उनको छोरा लक्ष्य जन्मेको हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!