आफुसँग सम्बन्धित भिडियो युट्युवमा ट्रेन्डिङ वानमा आयो भने नेपालका नम्बर वान कहलिएका कलाकारहरु मख्ख पर्छन् । स्टाटस शेयर गर्छन । यसबारेमा मिडियामा समाचार समेत बन्छन् । पछिल्लो समय नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य टेलिश्रृङ्खला भद्रगोलका अधिकांस एपिसोड ट्रेन्डिङ वानमा पर्ने गरेका छन् तर मिडियामा समाचार बन्दैनन् ।

हाँस्य टेलिश्रृखलाहरु धमाधम बन्द भैरहेका बेला पछिल्लो समय उदाएको भद्रगोलले निकै लोकप्रियता कमाएको छ । गाँउ देखी शहर र विदेशमा रहेका नेपालीको मन जितेको छ, यो टेलिश्रृखलाले ।

भद्रगोलका श्रृखला निर्देशक दिपक आचार्य भन्छन्, ‘हामीले काममा खुबै मिहेनत गर्छौ, सोहि कारण दर्शकले मन पराउनुभएको छ ।’ दर्शकको मायाँ र टिमवर्कका कारण ट्रेन्ङिङ वानमा पर्ने गरेको उनले बताए । दिपक आचार्य, अर्जुन घिमिरे (पाँडे), कुमार कट्टेल (जिग्री), सागर लम्साल (बले), हरि निरौला लगायतको धमकेदार अभिनय रहने उक्त श्रृंखलामा बिशेषगरी समाजमा घटिरहने यथार्थ घटनालाई रमाइलो ढगंवाट प्रस्तुत गर्ने गरिएको छ ।

भद्रगोलको लोकप्रियता चुलिएका कारण आफुहरुलाई आगामी समयमा कसरी थप राम्रो गर्ने भन्ने ठुलो चुनौती थपिने गरेको भद्रगोलका निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री–ब्रो’ बताउ“छन् । ‘ट्रेन्ङिङ वानमा पर्नु ठुलो कुरा होइन । तर, भद्रगोलका अधिकांस एपिसोडले पैसा नतिरेरै ट्रेन्ङिङमा आउनु चानेचुने कुरा पक्कैपनि हैन ।’

ट्रेन्ङिङमा ल्याउनका लागी धेरै निर्माता तथा निर्देशकले लाखौं पैसा खर्चिएको पाइन्छ । तर, पछिल्लो समय तिनै निर्देशक तथा निर्माता समेत भद्रगोलका कारण डराउने गरेको बजारमा हल्ला छ ।

भद्रगोलका निर्देशकमध्येका एक अर्जुन घिमिरे भन्छन्, ‘कम्तीमा १ सय ३० को हाराहारी भाग ट्रेन्ङिङमा परेका छन् ।’ भद्रगोलका हरेकजसो एपिसोडलाई कसरी राम्रो गराउने भन्ने विषयमा हामी दिनरात मिहेनत गरेका हुन्छौं, अर्जुन घिमिरे भन्छन्, ‘स्टोरीमा असाध्यै मिहेनत गर्छौ, सोहि कारण दर्शकले निरन्तर माया“ दिनुभएको छ ।’

भद्रगोलका भिडियो अपलोड भएसँगै निकै आशा गरिएका चलचित्रका गित, ट्रेलर समेत पछि पर्ने गरेको पाइएको छ । टे«न्डिङमा ल्याउनका लागी पैसा तिरेर मात्रै हुँदैन भन्ने एउटा उदाहरण पनि हौं हामी, सागर लम्साल (बले) भन्छन्, ‘एकपटक हैन हरेक पटक राम्रो काम गर्नेहो भने ट्रेन्ङिङमा ट्रेन्ङिङमा आउन खासै गाह्रो नहुने रहेछ ।’ दर्शकको माग अनुसार कन्टेन्टमा काम गर्नेहो भने आफै खोजी–खोजी भिडियो क्लिक हुन्छ, उनी थप्छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!