काठमाण्डाै । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री यामी गौतम अभिनित फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ ले प्रदर्शनको चौथो हप्तासम्म पनि बक्स अफिसमा राम्रो प्रदर्शन गर्‍यो । यस फिल्मले प्रदर्शनको पाँचौ हप्तामा झनै शानदान व्यापार गरेको छ ।

Advertisement

फिल्मले प्रदर्शनको पाँचौ हप्तामा २०० करोडभन्दा धेरै व्यापार गरिसकेको छ । फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ ले प्रदर्शनको पाँचौ हप्तामा १२ करोड कमाएको छ । फिल्म ‘बाहुबली २’ ले प्रदर्शनको पाँचौ हप्तामा यस फिल्मको भन्दा कम कमाइ गरेको थियो । बाहुबली-२ ले पाँचाै हप्तामा ११.८८ कराेड कमाएकाे थियाे ।

फिल्म ‘उरी’ लाई दर्शकले समेत सकारात्मक प्रतिक्रिया दिइरहेका छन । ‘उरी’ ले प्रदर्शनको चौथो र पाँचौ हप्तामा ‘बाहुबली २’ले बनाएको रेकर्ड तोडिदिएको छ ।

प्रदर्शनको पाँचौ हप्तामा यस फिल्मले जम्मा २१४.५६ करोडको व्यापार गरिसकेको छ । बलिउडमा सर्वाधिक कमाइ गर्ने फिल्महरुको सूचीमा ‘उरी’ ११ औं स्थानमा रहेको छ ।

१० औं स्थानमा रणवीर सिंहको फिल्म ‘सिम्बा’ रहेको छ । यस फिल्मले यति नै समयमा २४० करोड कमाएको थियो ।

साथै फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ वर्ष २०१९ को पहिलो ब्लकबस्टर फिल्मसमेत बनेको छ । यस फिल्मको कहानी वर्ष २०१६ मा भारतमाथि पाकिस्तानले हमला गरेपछि त्यस विरुद्ध भारतीय सेनाले पाकिस्तानसँग गरेको सर्जिकल स्ट्राइकमा आधारित रहेको छ ।

सत्य घटनामा आधारित यस फिल्मको निर्देशन आदित्य धरले गरेका हुन् । फिल्मका अभिनेता विक्की कौशल, यामी गौतमलगायत अन्य कलाकारको अभिनयको प्रशंशासँगैे उत्कृष्ट फिल्म निर्माण गरेको भन्दै निर्देशक आदित्य धरको पनि चर्चा भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!