तेलेगु संस्करणको ‘बिग बोस ३’का लागि अभिनेता जुनियर एनटिआरले २० करोड भारू पारिश्रमिक पाउने भएका छन्। भारतिय संचारमाध्यमका अनुसार एनटिआरले तेस्रो संस्करणका लागि सो रकममा काम गर्न सहमति जनाएको लेखेका छन्।

पहिलो संस्करणका लागि उनले प्रति एपिसोड ३५ लाख भारू लिएका थिए। उनले लिएको त्यो पारिश्रमिक तेलेगु टेलिभिजन इतिहासमा कुनै पनि कलाकारलाई दिइएको सर्वाधिक पारिश्रमिक थियो। उनले सो पारिश्रमिक लिदैं नागार्जुना र चिरञ्जिबीको कीर्तिमानलाई पछाडी पारेका थिए।

हाल एनटिआर एसएस राजामौलीको ‘आरआरआर’ सिनेमा र शोको सुटिङ तालिका मिलाउने प्रयासमा लागेका छन्। एनटिआरले राजामौलीका लागि २०० दिन छुट्याएका छन्। कार्यक्रम र सिनेमा सुटिङ्को तालिका नमिलेमा उनले शो छाड्न सक्ने चर्चा पनि छ।

उनले छाडेको खण्डमा सो कार्यक्रमलाई दोश्रो सिजन चलाएका अर्का अभिनेता नानीले संचालन गर्ने सम्भावना छ।

विग बोस तेलौगु टेलिभिजन इतिहासको सर्वाधिक महँगो शो हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!