
सलमान खान यो वर्ष विवाह गर्दैछन् । उनकी दुलही हुनेछिन् कट्रिना कैफ । सलमान र कट्रिनाको विवाहको तयारी पनि भइसकेको छ । तर यी दुईको विवाह ‘रियल’ मा नभई ‘रिल’ लाइफमा हुँदैछ ।
डिएनएको रिपोर्ट अनुसार सलमान र कट्रिनाको अपकमिङ फिल्म भारतका लागि वेडिङ सिक्वेन्स सुट गर्ने तयारीमा छन् । रिपोर्टका अनुसार यो एक विवाहको गीत हुनेछ । यो एक अपबीट गीत हो । यो गीतका लागि फिल्मको सेट फूलले सिंगारिँदै छन् ।
भारतको सेटबाट कट्रिनाको एउटा फोटो पनि सार्वजनिक भएको छ जसमा उनी बेहुलीको अवतारमा देखिएकी छिन् । यसअघि सलमान र कट्रिनाले माल्टामा एउटा गीत पनि सुटिङ गरेका छन् ।















