एजेन्सी,  मुम्बई ।  बलिउडका एक्सन हिरो अक्षय कुमारले सुपरस्टार रजनीकान्तको फिल्म ‘२.०’ बाट साउथ फिल्ममा डेब्यु गरेका थिए । फिल्ममा रजनीकान्तको रोबोट अवतार सँग-सँगै अक्षय कुमारको डरलाग्दो भिलेनको रोललाई पनि दर्शकको जबरजस्त प्रेम मिल्यो ।

Advertisement

अक्षयको पपुलारिटी देख्दै साउथका फिल्ममेकर्स उनलाई आफ्नो फिल्ममा साइन गर्न तँछाड-मछाड गर्न थालेका छन् । यसबीच कमल हासनको नयाँ फिल्म ‘इन्डियन २’ मा उनी फेरि एकपटक भिलेनको भूमिका गर्न राजी भएको खबर बाहिरिएको छ ।

अभिनेता कमल हासनका प्रायः सबै फिल्म सुपरहिट हुन्छन् । तर, उनका लागि माइलस्टोन साबित भएको फिल्म थियो ‘इन्डियन’ । यसमा उनले एक बृद्ध भारतीयको खतरनाक भूमिका निभाएकामा थिए । यो साल १९९६ मा आएको फिल्म हो ।

२५ वर्षपछि यो फिल्मको सिक्वेल ‘इन्डियन २’ एकपटक फेरि बक्सअफिसमा धमका मच्चाउन तयार छ । सिक्वेलमा पनि उनी एग्रेसिभ ओल्ड इन्डियनको भूमिकामा देखिनेछन् । फिल्म निर्माता तथा निर्देशक एस. शंकरले हालै फिल्मको पोस्टर सार्वजनिक गरेका छन् ।

फिल्ममा अभिनेता-राजनीतिज्ञ कमल हासन प्रमुख भूमिकामा छन् । शुक्रवारबाट फिल्मको छायांकन सुरु भएको छ । वर्ष १९९६ को साउथ फिल्म ‘इन्डियन’ मा काजल अग्रवाल र सिद्धार्थको पनि महत्वपूर्ण भूमिका थियो । यसमा कमलले पिता र छोराको दोहोरो भूमिका निभाएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!