बलिउड अभिनेता अजय देवगनले ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ सिनेमामा अतिथि भूमिका गर्ने भएका छन्।

Advertisement

‘उनले सिनेमामा अतिथि भूमिका गर्दैछन्। त्यो एउटा रूचिपूर्ण चरित्र हुनेछ। ‘तहान्जी: द अनसङ वारियर’को काम सकिएपछि उनले यसको सुटिङ गर्नेछन्’, राजामौली निकट श्रोतले पिटिआइसँग भने।

यो राजामौलीसँग अजयको दोश्रो सहकार्य हुनेछ। यसअघि ‘मख्खी’ सिनेमाको हिन्दी डबमा अजयले आफ्नो आवाज दिएका थिए।

‘आरआरआर’लाई राजामौलीको अर्को एउटा महत्वाकाक्षी सिनेमा मानिएको छ। सिनामामा जुनियर एनटिआर तथा राम चरणको प्रमूख भूमिका रहेको छ।

करिब ३०० करोड भारूको लागतमा तयार हुने यो सिनेमा एक्सन जनराको हुनेछ।

यसअघि अजयलाई कमल हसन निर्देशित ‘इन्डियन २’को लागि पनि प्रस्ताव गरिएको थियो। उनलाई मूख्य भिलेनको रोलको लागि प्रस्ताब लगिएको थियो जसलाई उनले अस्वीकार गरेका थिए।

‘बलिउडबाहेकका अन्य भाषाका सिनेमामा अजयको रूचि रहेको छैन तर उनी राजामौलीको सिनेमाका लागि भने राजी भए’, श्रोतले भन्यो।

अजय अभिनित ‘टोटल धमाल’ रिलिजका क्रममा रहेको छ। सिनेमा २२ फरवरीमा रिलिज हुँदैछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!