काठमाडौं, १८ फागुन । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव माओवादीको चेतावनीलाई कारण देखाउादै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले शो रद्द गरेको हो ।

भारतीय अभिनेता सलमान खान ‘द ब्याङ्ग द टुर’का सिलसिलामा फागुन २६ गते नेपाल आउने कार्यक्रम तय भएको थियो ।

Advertisement

तर, हालै मात्र विप्लव माओवादी निकट एक संगठनले सलमानको शो रोक्न चेतावनी शैलीमा विज्ञप्तिले धेरैको कान ठाडो भएको छ ।

विज्ञप्तिमा ‘जबरजस्तिरुपमा कार्यक्रम गरिएमा आइपर्ने परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने’ उल्लेख छ ।

विज्ञप्तिको असर भारतसम्म पुगेको छ । चर्चित भारतीय अखबार हिन्दूस्तान टाइम्सको अनलाइन पोर्टलमा यो समाचारलाई महत्वका साथ प्रकाशन गरिएको छ ।

के छ विज्ञप्तिमा ?

विप्लव माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौंमा अवस्थित सैनिक मञ्चलाई समेत प्रयोग गरेर भारतीय कलाकार ल्याई कार्यक्रम आयोजना गर्न लागिएको प्रति अखिल नेपाल जनसांस्कृतिक महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालीहरु राष्ट्रियताप्रति कत्तिको संवेदनशील छन् भनेर जाँच्ने भित्री उद्देश्यले भारतीय कलाकार काठमाडौं उतार्ने योजना अन्तरगर्न हुन लागेको ‘बलिउड सुपरस्टार दबंग द टुर’ नामक योजना अन्तरगतको सांस्कृतिक कार्यक्रम तत्काल खारेज गर्न माग गर्दछौं ।’

कलाकार हिसाबले सलमान खान नेपाली जनतामा समेत लोकप्रिय रहेको तर त्यसो भन्दैमा उनीसँगै आउने सांस्कृतिक अतिक्रमण स्वीकार्य नरहेको विज्ञप्तिमा उल्लेख छ । कलाकारको हिसाबमा उनको नेपाल आउजाउमा कुनै अवरोधको नीति नरहेको भन्दै विज्ञप्तिमा प्रतिव्यक्ति ३० हजार रुपैयाँको टिकट काट्ने कार्यले नेपाली अर्थतन्त्रलाई समेत प्रभावित पार्ने जिकिर गरिएको छ ।

‘विनासकारी भूकम्पले सिंगो राष्ट्र पीडा र शोकमा डुबेका बेला दुई शब्द सहानुभूति व्यक्त नगर्ने कलाकार खानका लागि हामी नेपालीबाट करोडौं रुपैयाँ खर्चिनु राष्ट्रघात त हुँदै हो, नेपाली कला र कलाकारको ठूलो अपमान पनि हो,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई यो कुरा पनि थाहा छ कि कलाकार सलमान नेपालको असाध्यैए माया लागेर आउन लागेका होइनन्, उनको एक मात्र मूल उद्देहृय नेपालीको पैसा सोहोर्नु हो ।’

साथै नेपाली राजनीतिक दलहरुलाई सार्वजनिक आमसभा गर्न नदिने तर भारतीय कलाकारलाई सँधै मञ्च खुल्ला गर्ने नेपाली सेनालाई सैएनकि मञ्चमा विदेशी नृत्य नचाउने औचित्य पुष्टि गर्न हार्दिक आग्रह गर्दछौं ।

के होला असर ?

विप्लव माओवादी पूर्णरुपमा हिंसामा प्रवेश गरिनसकेको तर शान्तिपूर्ण राजनीतिबाट विचलित भइरहेको पार्टी हो । यस पार्टीका प्रमुृख नेत्रविक्रम चन्दमाथि प्रहरीे पक्राउ पुर्जी समेत जारी गरेको छ । त्यसैले पार्टीनिकट संगठनले जारी गरेको विज्ञप्तिले तरंग उत्पन्न गर्नु स्वभाविकै हो ।

यद्यपि, विप्लव माओवादीले दावी गरेजस्तो विदेशी कलाकारहरु आएर प्रस्तुति दिँदैमा देशको राष्ट्रियता असर पर्ने होइन । साथै कार्यक्रम हेर्न जाने-नजाने नेपालीहरुको स्वेच्छाको कुरा हो । सलमान भनेपछि हुरुक्क हुनेहरु, टिकट अर्फड गर्न सक्नेहरु जालान्, अरुलाई कर छैन ।

यदि विप्लव माओवादीले साँच्चै यो कार्यक्रम भाँड्नका लागि कुनै अपि्रय कदम चाल्यो, वा कार्यक्रम स्थगित गर्नुपर्ने अवस्था आयो भने त्यसले अन्तर्राष्ट्रिय स्तरमा नै नेपालको बारेमा नकारात्मक सन्देश जानेछ । यद्यपि, विप्लव माओवादीप्रति त्यति ठूलो त्राश जनतामा छैन भन्ने कुरा उसले आह्वान गरेको नेपाल बन्दको असफलताबाट देखिइसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!