Avatar photoSangalo Khabar

काठमाडौं, ६ चैत।  गायन रियालिटी सोमा विश्वमै चर्चा पाएको ‘द भ्वाइस’ को नेपाली फ्रेन्चाइज ‘द भ्वाइस अफ नेपाल’ सुरु हुने भएको छ । असारबाट टेलिभिजनमा प्रसारण सुरु हुने सोमा ‘नेपाल आइडल’ निर्देशन गरिसकेका लक्ष्मण पौडेलको निर्देशन हुनेछ।

आइतबार राजधानीमा आयोजित सो घोषणा कार्यक्रममा निर्देशक पौडेलले विश्वमा धेरै खालका गायन प्रतिस्पर्धा भए पनि सञ्चारमाध्यममा प्रतिस्पर्धाभन्दा पनि विवाद र गसिपको विषयको चर्चा हुने गरेको दाबी गरे । ‘हामी विवाद र गसिपभन्दा बाहिर रहेर काम गर्ने सोच बनाइरहँदा यो शोसँग हामी जोडिन पुगेका हौं । शो गायनको प्लेटफर्म खोजिरहेका नवप्रतिभाका लागि कोशेढुंगा साबित हुनेछ,’ उनले भने।

Advertisement

शोका प्रमुख सहायक तथा आइटी प्रमुख फिरोज तिमल्सिनाले शोको एप्स सार्वजनिक गर्दै एप्सको प्रयोगका विषयमा बताएका थिए । प्रल्हादसिंह महत प्रबन्ध निर्देशक रहेको शो सुशील नेपालले सञ्चालन गर्नेछन् । सोमा गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा निर्णायक छन् । विजेताले २५ लाख रुपैयाँ, नयाँ कार, २० लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा वल्र्ड टुरको अवसर प्राप्त गर्नेछन् । यो शोको फ्रेन्चाइजी विश्वका १ सय ९१ मुलुकमा प्रसारण हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement