- ईश्वर थापा/संगालोखबर

धनकुटा, ५ चैत । संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित पूर्वाञ्चल ‘गट ट्यालेन्ट’ को उपाधि मोरङकी सोनी गुरुङले जितेकी छन्। धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा भएको अन्तिम प्रतिस्पर्धामा शीर्ष १२ जनालाई उछिन्दै मोरङकी गुरुङले उपाधि चुमेकी हुन्। उत्कृष्ट १२ बाट विजेता छनोटका लागि एसएमएस, फेसबुक र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट छनोट गरिएको थियो।

Advertisement

जसबाट ८९ दशमलव ५४ प्रतिशत अंक प्राप्त गर्दै गुरुङले पूर्वाञ्चल गट ट्यालेन्टको उपाधिको उपाधि जितेकी हुन्। यो जितसँगै उनले १ लाख रुपैयाँ, र ५ लाख रुपैयाँ बराबरको जीवन विमा प्राप्त गरेकी छन्। गुरुङलाई लोकप्रिय कलाकार दयाहाङ राई र अशोक मुकारुङले पुरस्कार प्रदान गरे। प्रतियोगितामा धनकुटाकी जुनी राई र संखुवासभाका शोभितकुमार राई क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए।

जुनिले ८५ दशमलव ०७ प्रतिशत भोट प्राप्त गरिन् भने शोभितले ८० दशमलव ८९ प्रतिशत अंक पाएका थिए। टिन्स क्रियू डान्स सेन्टर धनकुटाको आयोजनामा भएको पूर्वाञ्चल गट ट्यालेन्टमा गायन, नृत्य र अभिनय विधाका प्रतियोगीले सहभागिता जनाएका पूर्वाञ्चल गट ट्यालेन्टका संयोजक सुमन योगीले जानकारी दिए।

बालबालिकादेखि बृद्धबृद्धासम्म सयौंको संख्या प्रतियोगिताको फाइनल हेर्न झुम्मिएका थिए। पाँचौं चरण पार गर्दै उत्कृष्ट १२ मा परेका प्रतियोगीलाई हजारौंले भोट गरेका थिए। साउन ५ गतेबाट सुरु भएको पूर्वाञ्चल गट ट्यालेन्ट प्रतियोगिताको पहिलो चरणकाे अडिसन भोजपुर, संखुवासभा, धनकुटा, सुनसरी, मोरङ, तेह्रथुम जिल्लामा भएको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!