काठमाडौँ,१५ चैत । चर्चित नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रमा नायिका प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामांग, रविन्द्र झा, बिनोद न्यौपाने र बाल कलाकार कुशाग्र भट्टराई र केकी अधिकारी लगायतको अभिनय रहेको छ ।

Advertisement

केकी अधिकारीको होम प्रोडक्शन जुनकिरी आर्टसबाट निर्माण गरिएको चलचित्रमा अर्जुन पोखरेल, राजन राज सिवाकोटी र कालीप्रसाद बास्कोटाको संगीत रहेको छ भने सुगम पोखरेल, अन्जु पन्त, मेलिना राई लागायतको स्वर रहेको छ ।

उक्त चलचित्रको कोरियोग्राफीमा गम्भीर विस्ट र विशाल भण्डारीको निर्देशन छ । फिल्म् को निर्माण भद्र बहादुर भुजेल, देवीलाल न्यौपाने र शिव प्रसाद चौंलागाईं र केकी अधिकारीले संयुक्त रुपमा गरेका हुन् ।

‘कोहलपुर एक्सप्रेस’ आउदो बैशाख १४ गतेबाट देशभर प्रदर्शनमा ओउनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!