अवैध काठ ओसारपसारमा संलग्न तीन पक्राउ
मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३, काउलेदोभानबाट अवैध काठ निर्यात गर्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
गएराति लुकाइ छिपाइ काठमाडौँ लैजाँदै गरेको एकसय क्युफिट काठसहित बा४ख २२७६ नं को मिनीट्रक इप्रका, मेलम्चीले नियन्त्रणमा लिएको हो ।
बिना इजाजतपत्र अवैध रूपमा काठ ओसारपसार गर्ने मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ट्रक चालक वीरबहादुर पाख्रिन, सहचालक रामकृष्ण रोक्कासहित...
