इटहरी । गत जेष्ठ २६ गते इटहरी बसपार्क हुदै काठमाण्डाै जान लागेकाे एक यात्रुबाहक बसबाट करिब डेढ कराेड मुल्य बराबरकाे तिनपिस सिमाला सहित पक्राउ परेका चा्र जना ब्याक्तीकाे बिषयलार्इ लिएर अहिले प्रहरी संगठन भित्र खेला बैला मच्चीन थालेकाे छ ।
बहुमुल्य मानीनै सिमाला सहित पक्राउ परेका चारजनाकाे बिषयमा माथील्लाे निकायलार्इ कुनै खबर नगरी भित्रभित्रै गायब बनाउने रणनीति बनाएकाे भन्दै इलाका प्रहरी कार्यालय इटहरीकाे सिअारभी प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक हर्क लुवागुन र जवान लक्षमण अधिकारीलार्इ प्रहरीले नियन्त्रणामा लिर्इ निलम्बनकाे प्रकृया थालेकाे छ ।
समाचार श्राेतका अनुसार बहुमुल्य धातु मानीने सिमाला काण्डमा सिअारभी इञ्चार्ज प्रहरी नायव निरिक्षक लुवागुनले माथिल्लाे निकायमा खबरै नगरी घटना गुपचुप राखेकाे अाराेपमा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी नरेसराज शुवेदीले पक्राउ गरी निलम्बनकाे प्रकृया अघी बढाएकाे बुझिएकाे छ ।
काठमाण्डाैबाट अाएकाे सिबिअार्इकाे टाेलीले घटनाबारे जानकारी गराएपछि मात्रै इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शुवेदीले सिमाला प्रकरणकाे बिषयमा पत्ताे पाएकाे र इटहरी बसपार्क स्थित सिअारभीकाे कार्यालयमा गइ छापा मार्दा साे कार्यालयकाे शाैचालयबाट बहुमुल्य सिमाला बरामद गरेपछि सिअारभीका इञ्चार्ज सहि लुवागुन र प्रहरी जवान अधिकारीलार्इ प्रहरीले नियन्त्रमा लिएकाे समाचार श्राेतले जनाएकाे छ ।
श्राेतका अनुसार प्रहरी नियन्त्रणामा रहेका सिमाला काराेबार गर्न चारजनामध्ये दुर्इजना फरार रहेकाे र फरार दुर्इ जनाकाे खाेजी भइरहेकाे छ । यस बिषयमा इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी नरेसराज शुवेदीसंग सम्पर्क गर्दा उनले घटनाबारे मुख खाेल्न मानेनन भने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी पाेषराज पाेख्रेल संग सम्पर्क गर्दा इटहरीकाे कुराे अाफुलाृइ थहाँ नभएकाे भनी गैर जिम्मेवारी जवाफ दिएका छन ।-पुर्बेलीन्युज