चितवन कालीखोलाको पहिरोले प्रहरी भ्यान बगायो, २ प्रहरीको मृत्यु, २ वेपत्ता

चितवन कालीखोलाको पहिरोले प्रहरी भ्यान बगायो, २ प्रहरीको मृत्यु, २ वेपत्ता

चितवन। नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा झरेको पहिरोले प्रहरी भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता छन् । बिहीबार राति काली खोलामा पहिरो हटाएर फर्कने क्रममा इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको स्कारपियो गाडी त्रिशूली नदीमा झरेको हो । गाडी त्रिशूली नदीमा खस्दा असई निश्चल तामाङ र चालक समेत रहेका जवान दीपककुमार मास्केको ज्यान गएको छ । सञ्जीव कार्की र...
सुरक्षा अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द हुने

सुरक्षा अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द हुने

काठमाण्डौ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द गरिने भएको छ । सुरक्षा अभ्यासका लागि अपरान्ह साढे ४ बजेदेखि ५ बजेसम्म पूर्ण रुपमा बन्द गर्न लागिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय नागरिक उड्यनन संस्था (आइकाओ) को नियम अनुसार अन्तराष्ट्रिय मान्यताप्राप्त विमानस्थलले प्रत्येक २ वर्षमा फुल स्केल इमर्जेन्सी एक्सरसाइज गर्नुपर्ने भएकाले बन्द...
जाजरकोटका विद्यार्थी पौष्ट्रिक आहारा बोक्दै

जाजरकोटका विद्यार्थी पौष्ट्रिक आहारा बोक्दै

जाजरकोट। जाजरकोटको कुशेगाउँपालिका वडा ५ स्थित पौष्ट्रिक आहाराको डिपोबाट कुशेगाउँपालिका वडा नं ७ स्थित नेरा आधारभूत विद्यालय समाकोटतर्फ पौष्ट्रिक आहारा बोकेर लग्दै कक्षा ५ का कृष्ण तिरुवा र कक्षा ४ का हस्त महर । विद्यार्थीलाई पौष्टिक आाहारा बोकाउन नपाइने भएपनि यहाँका अधिकांश ठाउँमा विद्यार्थीलाई नै बोकाएर लैजाने गरिन्छ । तस्बिर : हेमन्त केसी, जाजरकोट, रासस
कैलालीमा माओवादी उम्मेदवारको घरमा बम विस्फोट

कैलालीमा माओवादी उम्मेदवारको घरमा बम विस्फोट

कैलाली । जिल्लाको गोदावरी नगरपालिकाका माओवादी मेयर उम्मेदवार गोकर्ण भट्टको घरमा शुक्रबार बिहान बम विस्फोट भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बास बसेको घरबाट १ किलोमिटरको दूरीमा रहेको भट्को घरमा शुक्रबार बिहान २ः४५ बजे सुतली बम बिस्फोट भएको हो । प्रचण्ड बिहीबार बेलुका माओवादी केन्द्रका नेता लेखराज भट्टको गोदावरी नगरपालिकास्थित घरमा बास बसेका थिए । बिस्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति भ...
२०७४ असार ९ गते शुक्रवारको राशिफल

२०७४ असार ९ गते शुक्रवारको राशिफल

मेष–    व्यर्थको खर्च हुनेछ खर्च घटाउने प्रयास गर्नु होला । स्वास्थ्यमा थप बाधा हुन सक्छ । वृष–    कमाउने कुरामा दिन बलियो छ, साथीभाइसंग भेटघाट हुने दिन रहेको छ । मिथुन–    अनौठो तरिकाले कमाइ हुनेछ । नयाँ रोजगारीको अवसर मिल्नेछ । मनमा खुशी बड्नेछ । कर्कट–    बिहान काम बन्नेछ बेलुका सामान्य तनाब होला, यात्राको पनि योग रहेको छ । सिंह–    स्वास्थ्यमा गडबडीकोे सम्भावना छ । बिनाकारण अनेक चु...
१६ वर्षे विवेकले बनाए पेट्रोल बिनै गुड्ने बाइक 

१६ वर्षे विवेकले बनाए पेट्रोल बिनै गुड्ने बाइक 

धनकुटा । उद्धेश्य लिएर मेहनत गरेपछि लक्ष्यमा पुग्न गाह्रो छैन भन्ने कुरालाई प्रमाणित गरेर देखाउँन सफल भएका छन धनकुटाका युवा विवेक श्रेष्ठ । १६ बर्षकै उमेरमा उनले पेट्रोल बिनै गुड्ने मोटरसाईकल बनाएर यो कुरालाई प्रमाणित गरेका हुन । दिदीले स्कुटर कुदाउँन नदिएपछि करिव एक बर्ष अघिबाट उनमा आफै मोटरसाईकल बनाएर कुदाउँने सोच आयो । ‘केटाकेटी नै छ भनेर दिदीले स्कुटर कुदाउँन दिनुभएन, अनि मलाई आफै मोटरसाईकल ब...
गोकुण्डेश्वरका विद्यार्थीद्धारा खाजा खर्च कटाएर स्कुलमा बृक्षरोपण

गोकुण्डेश्वरका विद्यार्थीद्धारा खाजा खर्च कटाएर स्कुलमा बृक्षरोपण

धनकुटा । धनकुटा–६ सिरान वजारमा रहेको गोकुण्डेश्वर माध्यमिक बिद्यालय परिसरमा विभिन्न प्रजातिका फलफुलका विरुवा रोपिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीले खाजा खर्च कटाएर संकलन गरिएको रकम र शिक्षकको आर्थिक सहयोगमा विभिन्न प्रजातिका विरुवा खरिद गरि विद्यालय परिसरमा वृक्षारोपण गरिएको हो । बिद्यालय परिसरमा अशोक, धुपी, क्रिसमस ट्री लगायतका विरुवा रोपिएको छ । गमला खरिद गरि विभिन्न प्रजातिका फुलका विरु...
धनकुटामा क–कस्ले लिए उम्मेदवारी फिर्ता ?

धनकुटामा क–कस्ले लिए उम्मेदवारी फिर्ता ?

धनकुटा । धनकुटामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका १७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवारसहित स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका हुन । खाल्सा छिन्ताङ्ग शहिदभूमि गाउँपालिका–१ मा राप्रपाको तर्फवाट वडाध्यक्षमा उम्मेदवारी दिएका गजिन्द्र राईले उम्मेदवारी ...
सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

  काडमाडौँ । धितोपत्र बजारमा आज सेयरको मूल्य सामान्य बिन्दुले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक ४.८ बिन्दुले बढेर एक हजार ५५९ बिन्दुमा पुगेको छ । लगातार ओरालो लाग्दै आएको बजार बुधबार र आज भने सामान्य अङ्कले बढेको हो । ठूला कम्पनीको सेयर कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १.१५ बिन्दुले बढेको छ । स्टकका अनुसार कुल १३९ कम्पनीको १५ लाख ...
तिनै तहको चुनावपछि मात्रै संविधान संशोधन गर्न सकिने–नेम्वाङ

तिनै तहको चुनावपछि मात्रै संविधान संशोधन गर्न सकिने–नेम्वाङ

पाँचथर । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले स्थानीय,प्रदेश र केन्द्रको गरी तिनै तहको चुनाव सम्पन्न भएपछि मात्रै संविधान संशोधन गर्न सकिने बताउनुभएको छ ।  पाँचथरको फिदिममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रदेश नम्बर २ मा चुनावको मिति सार्दा पनि राजपा सरकारमा नआउने भएपछि सरकारले चुनाव सारेको कुनै अर्थ नभएको उहाँको भनाइ छ । मधेसको क्षेत्रमा म...
सुनसरीमा राजनीतिक दल मत माग्न व्यस्त

सुनसरीमा राजनीतिक दल मत माग्न व्यस्त

इनरुवा । स्थानीय तहको निर्वाचन आउन ६ दिन मात्र बाँकी रहेको बेला सुनसरीमा विभिन्न पार्टीका उम्मेदवार आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दैै मत माग्ने कार्यमा व्यस्त भएका छन् ।  जिल्लामा सक्रिय रुपमा रहेका ठूला राजनीतिक दलदेखि स्वतन्त्रका उम्मेदवार आफ्नो पक्ष तथा आफ्नो चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै मत माग्ने कार्यमा व्यस्त बनेका हुन् । सुनसरीमा रहेका नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९म...
महत र ढकालबारे सूचना दिन अख्तियारको आग्रह

महत र ढकालबारे सूचना दिन अख्तियारको आग्रह

काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही हरिऔन गाविस–९ का लुम्बध्वज महत र मकवानपुरको पालुङ गाविस–५ का उमेशप्रसाद ढकालबारे सूचना दिई पक्राउमा सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।  आयोगले कर फछ्र्यौट आयोग, २०७१ का पदाधिकारीद्वय महत र ढकालले भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानका सिलसिलामा अख्तियारमा उपस्थित हुन सूचना जारी गरेकोमा हालसम्म उहाँहरु संवैधानिक उक्त आयोगको सूचनाको...
पत्रपत्रिकाका फ्रन्टपेजः पूर्वआईजीपी जेल चलान, चारैजना एउटै कोठामा

पत्रपत्रिकाका फ्रन्टपेजः पूर्वआईजीपी जेल चलान, चारैजना एउटै कोठामा

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआईजीपी, एक एआईजी र एक डीआईजी जेल चलान भएको खबरलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । चारै जनालाई डिल्लीबजार कारागारको एउटै कोठामा राखिएको पत्रपत्रिकाहरुले लेखेका छन् । भ्रष्टाचारी ठहर भएकामध्ये प्रहरीका पूर्वआईजीपी रमेशचन्द्र ठकुरी भने फरार छन् । त्यस्तै पूर्व एआईजी र एसएसपी पनि फरार छन् । नजिकिँदो निर्वाचन...
२०७४ असार ८ गते विहिवारको राशिफल

२०७४ असार ८ गते विहिवारको राशिफल

मेष– काममा समस्या देखिएला । अनेक किसिमका झमेला मा परिएला । वृष– तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । मिथुन– अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला, टाढाको यात्राको पनि योग रहेको छ । कर्कट– टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । सिंह– गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । कन्या– अवसरको खोजीमा केही दौडधूप ग...
झापामा उमेर नपुग्दा उम्मेदवार बन्नबाट वञ्चित

झापामा उमेर नपुग्दा उम्मेदवार बन्नबाट वञ्चित

झापा । असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएकी एक दलित महिला उम्मेदवार बन्नबाट वञ्चित हुनुभएको छ । बाह्रदशी गाउँपालिकाबाट दलित महिला सदस्यको उम्मेदवारी दर्ता गराउनुभएकी रीना दर्जी उम्मेदवार बन्नबाट वञ्चित हुनुभएको हो । नौ महिना कम उमेर भएकाले दर्जीको उम्मेदवारी रद्द गरिएको बाह्रदशीका निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिनुभयो । उम्मेदवार बन्नका लागि २...
साहरुखलाई ७ हजार बढी ‘सेजल’ले पठाए चिठ्ठी

साहरुखलाई ७ हजार बढी ‘सेजल’ले पठाए चिठ्ठी

बलिउडमा रोमान्टिक हिरोको रुपमा परिचित नायक साहरुख खानलाई भारतभरबाट ७ हजार भन्दा बढी ‘सेजल’ नाम गरेका यूवतीले पत्र पठाएका छन् । नायक साहरुख खान र नायिका अनुष्का शर्मा अभिनित चलचित्र ‘जब ह्यारी मेट सेजल’ राखिएको छ । यो चलचित्र अगष्ट ४ गतेबाट रिलिज हुँदैछ । साहरुखले चलचित्रको प्रचारमा नयाँ प्रयोग गर्दै ‘सेजल’ नाम गरेका यूवतीलाई पत्र लेख्न भनेका थिए । जुन शहरमा बढी ‘सेजल’ छन्, उनीहरुलाई भेट्न आफू ...
लुक्लामा पर्यटक अलपत्र

लुक्लामा पर्यटक अलपत्र

सोलुखुम्बु ।बाक्लो हुस्सु र लगातारको वर्षाका कारण लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा छ दिनदेखि उडान अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । यही असार १ गते विमानस्थलमा जहाज अवतरण भएको थियो । त्यसयता कुनै पनि उडान हुन नसकेको तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाले जानकारी दिनुभयो । तारा एअरको २० भन्दा बढी उडान स्थगित भएको छ । अन्य एअरलाइन्सले समेत सबै उडान स्थगन गरेका छन् । उडान नहुँदा सगरमा...
सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट, छुरा प्रहारबाट एक घाइते

सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट, छुरा प्रहारबाट एक घाइते

ललितपुर । ललितपुर महानगरपालिका-१५ सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट भएको छ । कोपिला गिरी र सलिना राई समूहको झगडा भएको हो । पुरानो विवादको कारण बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना केटीहरुले काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरीमाथि छुरा प्रहार गरेका थिए । घाइते गिरीलाई उपचारको लागि सुमेरु अस्पताल धापाखेल पठाइएको प्रहरीले जनाएको छ ।उनको अवस्था बोल्न नसक्ने छ । घटनामा संलग्न ४ जनालाई पक्रा...
खोटाङमा एमाले उम्मेदवारको घरमा बम विस्फोट, एकजना गम्भीर घाइते

खोटाङमा एमाले उम्मेदवारको घरमा बम विस्फोट, एकजना गम्भीर घाइते

खोटाङ। नेकपा (एमाले) बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार बन्नुभएका लिला चौहानको घरमा बम विस्फोट भएको छ ।  उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठमहिने भतिज किस्मत घरकै अगाडि रहेको भान्छा कोठामा बसेर खाना खाइरहेको अवस्थामा गए राति बम विस्फोट गराइएको हो । नचिनिएको समूहले गराएको बम विस्फोटमा वडाध्यक्षका प्रत्याशी चौहानकी बुहारी शकुन्तला ...
तिङ्लाको विद्रोह ! सबै उम्मेदवारी फिर्ता, ‘नो भोट’ अभियान सफल

तिङ्लाको विद्रोह ! सबै उम्मेदवारी फिर्ता, ‘नो भोट’ अभियान सफल

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकास्थित तिङ्ला गाउँको ‘नो भोट’ अभियान सफल भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने तिङ्वाबाट यो चुनावमा कोही पनि उम्मेदवार छैनन् । नेपाली कांग्रेसका टङ्क कार्कीले वारेसनामाबाट दिएको उम्मेदवारी खारेज भएको छ । योसँगै दुई जनाको स्वतन्त्र उम्मेदवारी पनि फिर्ता भएको छ । ज्ञानबहादुर राई र हर्कबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिएपछि वडा नम्बर ६ जनप्रतिनिधिविहीन ...
चुहिने छाप्रोमा रात कटाउँदै भूकम्प पीडित परिवार

चुहिने छाप्रोमा रात कटाउँदै भूकम्प पीडित परिवार

तेह्रथुम। ओत लाग्ने झुपडी बनाउन नसक्दा तेह्रथुमको छथर गाँउपालिका २ खैरेनीका गंगबहादुर लिम्बुको परिवार चुहिने छाप्रोमा रात कटाउन बाध्य छ । ०७२ सालको भुकम्पले घरमा क्षति पुर्याएपछि बास बस्ने घर बनाउन नसक्दा लिम्बुकाे परिवार छाप्रोमा रात कटाउन बाध्य बनेकाे हाे । अार्थिक स्थिती कमजाेर रहेका लिम्बुकाे परिवारमा २ छोरा र श्रीमती छन । आर्थिक अभावका कारण बास बस्ने घर बनाउन नसकेका कारण सानो छाप्रोमा र...
सबै शीर्ष नेता निर्वाचनमा, को कहाँ खटिए ?

सबै शीर्ष नेता निर्वाचनमा, को कहाँ खटिए ?

  काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा शीर्ष नेताहरुले सक्रियता बढाएका छन् । कांग्रेसदेखि एमाले, माओवादी, राप्रपालगायतका दल अहिले आफ्नो पक्षमा माहोल बनाउन विभिन्न जिल्लामा सक्रिय रहेको नयाँ पत्रिका दैनिकमा खबर छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुर्खौली घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम उमाविमा उनले भोट हाल्ने ...
दाङमा भोलिदेखि मदिरा बिक्रीवितरण गर्न नपाइने

दाङमा भोलिदेखि मदिरा बिक्रीवितरण गर्न नपाइने

दाङ । यहाँको स्थानीय प्रशासनले असार ८ गतेदेखि दाङमा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । मङ्गलबार दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक धिरजप्रताप सिंहका अनुसार जिल्लाका कुनै पनि सार्वजनिकस्थल, होटेल, रेस्टुरेन्ट लगायतका स्थानमा असार ८ गतेदेखि मदिराजन्य व...
सैनामैनामा सवारी दुर्घटना, २ को मृत्यु

सैनामैनामा सवारी दुर्घटना, २ को मृत्यु

बुटवल । रुपन्देहीको सैनामैनामा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ६१०४ नम्बरको यात्रुवाहक बसले विपरीत दिशातर्फ गइरहेको लु ९ प ६१८७ नम्बरको मोटरसाइकललाई सैनामैना–१, रानिबगियामा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । बसको ठक्करबाट सैनामैना–६, दुधराक्षका २३ वर्षीया युवराज घिमिरेको घटनास्थलमै मृत्यु भएको छ । घाइते गुल्मी मद...
२०७४ असार ०७ गते बुधवारको राशिफल

२०७४ असार ०७ गते बुधवारको राशिफल

मेष–    काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला । वृष–    आयआर्जन हुने दिन छ , यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । मिथुन–    घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला  । साथै रमाइलो यात्राको पनि योग रहेको छ । कर्कट–    सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । सिंह–    आ...
दोस्रो चरणको चुनावमा २० हजार बढी सशस्त्र प्रहरी खटिए

दोस्रो चरणको चुनावमा २० हजार बढी सशस्त्र प्रहरी खटिए

काठमाडौं । दोस्रो चरणको स्थानीय चुनावको सुरक्षार्थ २० हजार बढी शस्त्र प्रहरी खटिएका छन् । चुनावमा २० हजार ६ सय १५ सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरीले जनाएको छ । निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि खटिएका मध्ये १ नम्बर प्रदेशको १४ जिल्लामा ७ हजार ६ सय ६२ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका छन् । ५ नम्बर प्रदेशको १२ जिल्लामा ७ हजार ७ सय ९१ जना तथा ७ नम्बर प्रदेशको ९ जिल्लामा ३ हजार ७ सय ८८ ज...
सुहागरातको दिन बेहुली भर्जिन नभएको थाहा पाएपछि…

सुहागरातको दिन बेहुली भर्जिन नभएको थाहा पाएपछि…

एजेन्सी । सुहागरातको दिन बेहुली भर्जिन नभएको थाहा पाएपछि पाकिस्तानमा एक पतिले श्रीमतिलाई सलले घाँटीमा बेरेर मारेका छन् । जाकोबोबाद बस्दै आइरहेका २८ वर्षिय कलन्दर बक्स खोखरले १९ वर्षिय सान्जाण्डी लसहरीलाई क्रुरतापुर्वक मारेका हुन्, लसहरीे आफ्नो दुलाहाको भतिजी पनि हुन् । प्रहरीले कलन्दरलाई गिरफ्तार गरेको छ । उनले प्रहरीको सामु आफुले सुहागरातको दिन श्रीमतिलाई उसकै सलले बेरेर मारेको समेत स्विकारेका...
भारतमा सन् २०१२ सम्झाउने अर्काे बलात्कारको घटना

भारतमा सन् २०१२ सम्झाउने अर्काे बलात्कारको घटना

नयाँ दिल्ली  । भारतमा सन् २०१२ को डिसेम्बरमा मेडिकल विषय पढ्ने एकजना विद्यार्थीलाई बलात्कार गरी हत्या गरेको क्रुर घटनालाई सम्झाउने गरी अर्काे घटना सोमबार राति भएको छ ।  भारतीय राजधानी क्यापिटल नजिकै एकजना ३५ बर्षीया महिलालाई अपहरण गरेर कारमा हाली तीन जनाले चार घन्टासम्म बलात्कार गरेको घटनाको समाचार मङ्गलबार भारतीय मिडियाहरुमा छ्याप्छ्याप्ती आएको छ । प्राप्त सम...
यती कार्पेटको आगलागीः केडियाको २५ वर्षको लगानी, एकै झिल्कोमा खरानी

यती कार्पेटको आगलागीः केडियाको २५ वर्षको लगानी, एकै झिल्कोमा खरानी

काठमाडौं । उद्यम गर्नेे मान्छेको जीवनमा एउटा रातले खासै उलट-पुलट गर्न सक्दैन । तर, यती कार्पेट उद्योगका सञ्चालक अनिल केडियालाई गत शनिबारको एउटै रात जीवनमा भारी परेको छ । शनिबारको रातमा केडियाको कार्पेट उद्योगमा मात्रै आगो लागेन, उनको जीवनको उर्जाशील अढाई दशकको सपना र यथार्थको महल खरानी बन्यो । उनले नेपाली कार्पेट बजारलाई आत्मनिर्भर बनाउन तयार गरेको योजना एकै रातमा ‘भस्म’ भयो । आगलागीको घटना भए...
विकासको झुटो आश्वासन बाँडेको आरोप

विकासको झुटो आश्वासन बाँडेको आरोप

भोजपुर । विभिन्न दलका नेताले चुनाव जितेर भोजपुरलाई विकासको झुटो आश्वासन बाँडेको आरोप लगाएका छन् । भोजपुर नगरपालिका–११, आम्तेकमा सोमबार भएको चुनावी सभामा नेपाली काँग्रेसका जिल्ला पार्टी सभापति नन्दमणि राईले पटकपटक काँग्रेसबाहेकका दलले चुनाव जितेर पनि भोजपुरलाई विकास निर्माणमा पछि पारी भोजपुरे जनतालाई झुक्याएको र पुनः झुक्याउन खोजिएको आरोप लगाउनुभयो । भोजपुर नगरपालिकामा काँग्रेसको तर्फबाट प्रमु...
कांग्रेसले चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना, १ को मृत्यु, ९ घाइते

कांग्रेसले चुनाव प्रचारमा प्रयोग गरेको जिप दुर्घटना, १ को मृत्यु, ९ घाइते

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन । लु १ ज १९५८ नम्बरको जिप दुर्घटना हुँदा २५ वर्षीय अर्जुन घिमिरेको मृत्यु हो । घाइते ९ जनाको मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिए । जिप असार १४ गते हुने स्थानीय तहको ...
error: Content is protected !!