चितवन। नारायणगढ मुग्लिन सडक खण्डको कालीखोलामा झरेको पहिरोले प्रहरी भ्यान बगाउँदा दुई प्रहरीको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता छन् ।

Advertisement

बिहीबार राति काली खोलामा पहिरो हटाएर फर्कने क्रममा इलाका प्रहरी कार्यालय मुग्लिनको बा १ झ १३९० नम्बरको स्कारपियो गाडी त्रिशूली नदीमा झरेको हो ।

गाडी त्रिशूली नदीमा खस्दा असई निश्चल तामाङ र चालक समेत रहेका जवान दीपककुमार मास्केको ज्यान गएको छ । सञ्जीव कार्की र लीलबहादुर चेपाङ हराइरहेका मु्ग्लिन प्रहरीका इन्स्पेक्टर योगेन्द्र हमालले जानकारी दिए ।

कालीखोलामा पहिरो जाने क्रम नरोकिएकोले बेपत्ताको खोजी हुन सकेको छैन ।

यस्तै सोही पहिरोमा परी मुग्लिनदेखि नारायणगढ आउँदै गरेको ना ५ फ ७८२७ नम्बरको ट्रक पनि बगाएर भीरमा अड्केको छ । ट्रकका चालक भागेको र सहचालक सानु ब्लोन तामाङलाई घाइते अवस्थामा उद्धार गरिएको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।
अहिले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, एसपी थापा लगायतको टोली घटनास्थल पुगेको छ ।

पहिरोबाट जोगाउन नारायणगढ मुग्लिन सडक खण्ड भएर चल्ने गाडी भरतपुर, नारायणगढ लगायत सुरक्षित स्थानमा रोक्न लगाइएको छ । गाडी अवरुद्ध हुँदा सयौं यात्रुले सास्ती बेहोरिरहेका छन् ।-ईकान्तिपुर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!