- रबिन कटेल/संगालोखबर

धनकुटा । सांसद महिन सुब्बाको शनिवार साँझ निधन भएको छ । क्यान्सर रोगबाट पीडित एमाले सांसद सुब्बाको उपचारका क्रममा धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निधन भएको हो ।

Advertisement

एमाले धनकुटा अध्यक्ष राजेन्द्र राईले घटनाको पुष्ठि गरेका छन । धनकुटाबाट समानुपातिक तर्फ प्रतिनिधित्व गर्दै सुब्बा सांसद भएकी थिईन् । ६० बर्षीया सांसद सुब्बा लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिईन् । धनकुटाको साँगुरीगढी गाउँपालिका–२ घर भएकी सुब्बा एमाले केन्द्रीय सदस्यसमेत हुन ।

०४९ सालको स्थानीय निकायको निर्वाचनमा साबिक बुढिमोरङ गाविसबाट उपाध्यक्ष पदमा निर्वाचित भएकी सुब्बा ०५४ को निर्वाचनमा सोही गाविसको अध्यक्ष भएकी थिईन् ।

गाविस महासंघको केन्द्रीय अध्यक्ष समेत बनेकी उनी अखिल नेपाल महिला संघको केन्द्रीय सचिव पनि हुन । सुब्बाका श्रीमान् इण्डियन आर्मीका कार्यरत छन् । उनका दुई छोरी र एक छोरा छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!