इटहरीमा देउवालाई ३० किलोको माला
सुनसरी । सुनसरीको इटहरीमा काग्रेस सभापति सेरबहादुर देउवालाई शनिवार ३० किलोको माला लगाएर स्वागत गरिएको छ । कांग्रेस सुनसरी क्षेत्र नम्बर २ को क्षेत्रीय भेला उद्घाटनका लागि ईटहरी आएका देउवालाई यसरी स्वागत गरिएको हो ।
स्थानीय जनता माध्यमिक विद्यालयको प्रागंणमा कार्यक्रम भएको थियो । कार्यक्रममा काग्रेस क्षेत्रीय सभापति मणिराम श्रेष्ठ लगायत पदाधिकारीहरुले सभापति देउवालाई सयपत्री फुलको ३० किलोको माला ल...
