काठमाडौ। दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फाल्ने प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा भएका छन्।

रानालाई प्रहरी प्रधान कार्यालयले असइमा बढुवा गरेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले बताए।

रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए।

रानाको बहादुरीको प्रशंसा गर्दै गृहमन्त्री जनाद्र्धन शर्माले थप राम्रो काम गर्न हौसला दिएका थिए। गृहमन्त्री शर्माकै निर्देशनमा रानालाई बढुवा गरिएको हो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!