काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म्यादी प्रहरीलाई प्रदेश प्रहरी बनाउन पहल गर्ने आश्वसन दिएका छन् ।

Advertisement

प्रदेश प्रहरी बनाउन माग गर्दै आएको म्यादी प्रहरी संगठनले बुधबार सोही ज्ञापनपत्र माओवादी अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र समेत बुझाएको छ ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले म्यादीका माग सम्बोधन गर्न आफुले पहल गर्ने आश्वसन दिएका थिए ।

उनले कांग्रेस एमालेसँग छलफल गरेर म्यादी प्रहरीको व्यवस्थापन गर्न पहल गर्ने बताएको म्यादी प्रहरीका संयोजक कपिल थापाले बताए ।

थापाले गृहमन्त्री जनार्दन शर्मा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई पनि आफ्नो ज्ञापनपत्र बझाउने तयारी भइरहेको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!