म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको धुलावाङमा श्रीमतीद्धारा श्रीमानको हत्या गरेकी छिन् ।

मंगलवार राती १० बजेतिर ३४ बर्षका शिब जिसीलाई उनको श्रीमती २५ बर्षिया रञ्जना जिसीले कोदालो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

घरायसी विवादको क्रममा श्रीमतीले कोदालोले टाउकोमा प्रहार गर्दा उनको घरमै मृत्यु भएको थियो ।

श्रीमतीले कोदालोले हानेर श्रीमानको हत्या गरेको खवर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलिले घटनास्थलबाट मृतक जिसीको सबलाई परिक्षणको लागि जिल्ला अस्पतालतर्फ ल्याएको प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्काले बताउनुभयो ।

उहाँका अनुसार, श्रीमानको हत्या गरेको आरोपमा मृतक जिसीकी श्रीमती रञ्जनालाई प्रहरीले नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान अगाडी बढाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!