पर्सा। भारतबाट अवैध रुपमा भित्र्याइएका ५० थान गोलीसहित पक्राउ परेका दुईजना अभियुक्तलाई आज जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको छ ।

बाह्र बोरको ५० थान गोलीसहित पक्राउ परेका पर्साको बगवाना–७ निवासी ५५ वर्षका क्षेत्री चौधरी र २१ वर्षका रामकिशुन चौधरीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

Advertisement

ना ४५ प ९१९६ नम्बरको मोटरसाइकलमा सवार रहेका चौधरीद्वयले आलुको बोरामा गोली लुकाइछिपाई नेपाल भित्र्याउन लागेको पूर्व सूचनाको आधारमा पर्साको मनवा र रंगपुर टाँडीको बीचमा जाँच गर्दा १२ बोरको ५० थान गोली बरामद भएपछि आवश्यक अनुशन्धानका लागि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उपरीक्षक गिरीले पक्राउ परेका दुबै अभियुक्तमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भएको बताउनुभयो ।

पक्राउ परेका क्षेत्री चौधरी वन पैदवार चोरी निकारी, वन रक्षकमाथि आक्रमण जस्ता अपराधमा पहिले पनि मुद्दा खेपिसकेको उपरीक्षक गिरीले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!