भक्तपुर। भक्तपुर नगरपालिका–१० कमल विनायकस्थित भत्केकोपाटीमा रहेको फर्निचर उद्योगमा गएराति आगलागी भएको छ ।

स्थानीय चरण खायमलीले सञ्चालन गरेको फर्निचर उद्योगमा मध्यरातिबाट भएको आगलागीबाट रू. १६ लाख बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

Advertisement

राति करीब ११ः४५ बजे लागेको आगोले उद्योगमा निर्माण भएका फर्निचर एवं मेशिन जलेर नष्ट भएको उनले जानकारी दिए ।

आगोलागी भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बरुणयन्त्र भक्तपुर र ललितपुरका दमकल तथा स्थानीय बासिन्दाको सहयोगमा करीब २ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

कारखानामा राति कोही पनि नबस्ने भएकाले आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!