उम्मेदवारले आफ्नै निर्वाचन चिन्ह बिर्संदा

उम्मेदवारले आफ्नै निर्वाचन चिन्ह बिर्संदा

भक्तपुर । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन गत वैशाख १९ गते स्थानीय तह मध्यपुर थिमि नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयको वातावरण उल्लासमय थियो । राजनीतिक दल मात्र होइन सर्वसाधारणको समेत निर्वाचन कार्यालयमा उत्सुकतापूर्ण भिड थियो । यही भिडमा स्वतन्त्र उम्मेदवारको हैसियतले मध्यपुर थिमि नगरपालिकाका प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराउनेमध्येका एक हुनुहुन्थ्यो–मध्यपुर थि...
बालक खारामा फेला

बालक खारामा फेला

जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका– ५ खारामा सुर्खेत गैले घर र कोप्ची मावली घर बताउने अन्दाजी नौवर्षीय केशव ठाकुर खारामा सोमबार अपराह्न जङ्गलमा भेटिएका छन् । बाबुको नाम गोपाल ठाकुर बताउने ती बालककी आमाले अर्काे बिहे गरेको र बाबा विदेश रहेको बताएको स्थानीयवासी कर्णबहादुर खत्रीले बताउनुभयो । अहिले केशव त्रिवेणी नलगाड– ५ का कर्णबहादुर खत्रीको संरक्षणमा छन्
बाजुरामा नेपाली सेनाको विमान दुर्घटना

बाजुरामा नेपाली सेनाको विमान दुर्घटना

काठमाडौँ । नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ। कार्गो बोकेर हुम्लाको सिमिकोटमा जो विमान त्यहाँ मौसम खराब भएपछि अवतरण गर्न नसकी कोल्टीतर्फ डाइभर्ट भएको थियो। दुर्घटनापछि जहाजमा आगलागी भएको भन्ने आएका छ। भर्खरै घटना भएकाले क्षतिको विवरण आइसकेको छैन।’ कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा मध्यान्ह १२ः०५ बजे विमान दुर्घटना भएको हो। दुर्घटनापछि जहाज...
सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुपर्यो : ओली

सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुपर्यो : ओली

काठमाडौ। नेकपा (एमाले)ले आफू र आफ्ना छिमेकीका आर्थिक समृद्धिका लागि चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’(ओबोर) अवधारणामा नेपालको हस्ताक्षर ऐतिहातिक र कोसेढुङ्गा रहेको जनाएको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङले सो अवधारणाको समझदारीपत्रमा गत वैशाख २९ गते हस्ताक्षर गर्नुभएको थ...
पर्यटन व्यवशायी श्रेष्ठको निधन

पर्यटन व्यवशायी श्रेष्ठको निधन

काठमाडौ । वरिष्ठ पर्यटन व्यवसायी बिके श्रेष्ठको ६४ वर्षका उमेरमा आज निधन भएको छ । अर्बुद रोगबाट लामो समयदेखि पीडित श्रेष्ठको आज बिहान आफ्नै निवासमा निधन भएको होटेल सङ्घ नेपालका महासचिव विनायक शाहले जानकारी दिनुभयो । ¥याडिसन होटलका सञ्चालक एवम् हानका पूर्वअध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रमा ४० वर्षभन्दा बढी योगदान गर्नुभएको छ । हिमालयन ट्राभल एन्ड टुरका संस्थापक श्रेष्ठले खासगरी तारे होटलक...
धनकुटा नगरमा कांग्रेसले आज उम्मेदवार घोषणा गर्दै

धनकुटा नगरमा कांग्रेसले आज उम्मेदवार घोषणा गर्दै

धनकुटा। स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले धनकुटा नगरपालिकामा आज उम्मेदवारको घोषणा गर्दैछ । दिउँसो स्थानीय चुवाको बोट चौकमा कार्यक्रम आयोजना गरी नगरका सवै उम्मेदवार घोषणा गरिने कांग्रेस जिल्ला सभापति अग्नी प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार घोषणा सभा अघि बजारमा झाकीसहितको जुलुश प्रदर्शन गरिनेछ । धनकुटा नगरमा यसअघि नेकपा एमालेले औपचारिक रुपमा उम्मेदवार घोषणा गरी चुनावको तय...
तुलसीपुरमा बस दुर्घटना हुँदा ६ जना घाइते

तुलसीपुरमा बस दुर्घटना हुँदा ६ जना घाइते

 घोराही । दाङको तुलसीपुरमा यात्रु बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । तुलसीपुरबाट दमारगाउँ जाँदै गरेको ग १ ख ५०९६ नम्बरको बस मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका-१२ स्थित उरहरी चोक नजिकै दुर्घटना भएको हो । घाइते हुनेहरुमा अमर मावि उरहरीका शिक्षक चिन्तामणि पोख्रेल, शिक्षिका अनिता रेग्मी, तुलसीपुर १२ कचिला निवासी लक्ष्मीमान चौधरी लगायत छन् । घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरम...
देउवाले दाबी गरे सरकारको नेतृत्वः माओवादीको समर्थन, राप्रपा सकारात्मक

देउवाले दाबी गरे सरकारको नेतृत्वः माओवादीको समर्थन, राप्रपा सकारात्मक

काठमाडौं । नेपाली कांग्रेसले सहमतीय सरकारको नेतृत्व दाबी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसदमा रहेका दलहरुको बैठक बोलाएर आफ्नो नेतृत्वमा सरकार गठनको प्रस्ताव गरेका हुन् । यद्यपि देउवाले बोलाएको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले अनुपस्थित रहृयो । संसद भवनमा बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा सहमतीय सर...
श्रीलङ्कामा बाढी पहिरोः एक सय सतहत्तरको मृत्यु, एक सय भन्दा बढी बेपत्ता

श्रीलङ्कामा बाढी पहिरोः एक सय सतहत्तरको मृत्यु, एक सय भन्दा बढी बेपत्ता

कोलम्बो (श्रीलङ्का) । श्रीलङ्कामा मनसुन–पूर्वको भीषण वर्षातपछिको बाढी र पहिरोमा परेका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार अपरान्ह्सम्म १७७ पुगेको यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ । बाढीकाकारण १०९ जना वेपत्ता भएका छन् भने करिव पाँच लाख व्यक्ति विस्थापित भएका छन् उक्त संस्थाले जनाएको छ । उद्धारका कार्यमा सरकारले करिव एक हजार आठसय सेना, एक हजार एकसय नौसेना तथा विभिन्न सङ्घसंस्थामा कार्यर...
प्रियंकाले नोबेल पुरस्कार विजेता रविन्द्रनाथको प्रेमकथामा फिल्म बनाउने

प्रियंकाले नोबेल पुरस्कार विजेता रविन्द्रनाथको प्रेमकथामा फिल्म बनाउने

बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाएकी प्रियंका चोपडा फिल्म निर्माणसमेत सक्रिय छिन् । उनले चाँडै नै नोबेल पुरस्कार विजेता कवि रविन्द्रनाथ टैगोरको प्रेमकथामा फिल्म बनाउने भएकी छिन् जसको निर्देशन उज्ज्वल चटर्जीले गर्नेछन् । यस फिल्मको कथा सागरिका चटर्जीले लेखेकी हुन् । यो फिल्म टैगरमाथिको बायोपिक त हो तर, यसले उनको सम्पूर्ण जीवनीलाई समेट्ने छैन । यस फिल्ममा उनको जीवनको सुरुवाती कालखण्डको एउटा अं...
हावाहुरीले उडाएको छानो दुई बर्षसम्म मर्मत नहुँदा पठनपाठनमा समस्या

हावाहुरीले उडाएको छानो दुई बर्षसम्म मर्मत नहुँदा पठनपाठनमा समस्या

बैतडी। बैतडीको एक विद्यालयको छाना दुईबर्ष अगाडि हावाहुरीले उडाएकोमा अझसम्म पनि मर्मत नहुँदा पठनपाठनमा समस्या भएको छ । दुई वर्षअघि आएको हावाहुरीले छाना उडाउँदा आवश्यकताअनुसार कक्षाकोठा नहुँदा सुर्नया गाउँपालिका–३ भौनेली फाटीगाडामा रहेको राष्ट्रिय माविमा पठनपाठनमा समस्या भएको हो । विसं २०७२ जेठ ३ गते आएको हावाहुरीले विद्यालयको छकोठे भवनको छाना उडाएपछि विद्यार्थीलाई कक्षाकोठाको अभाव भएको विद्या...
लोप हुन लागेको मादल संरक्षणमा जुटे बादी समुदाय

लोप हुन लागेको मादल संरक्षणमा जुटे बादी समुदाय

रोल्पा। चाडपर्व तथा नाचगानको वेला बजाइने मादल लोप हुन लागेको बेला रोल्पा इरिवाङका बादी समुदाय भने मादलको संरक्षणमा जुटेका छन् । परम्परागत पेसाका रुपमा मादल बनाएर जीविकोपार्जन गरिरहेका उनीहरु पेसा सङ्कट पर्न थालेपछि अन्य पेसा अँगाल्न बाध्य भएका थिए । पुर्खाले गर्दै आएको पेसा भएपनि जमानाअनुसार मादलको विकल्पमा अन्य वाद्य सामग्री भित्रिएपछि उनीहरुको पेसा सङ्कटमा पर्दै आएको हो । मादल बन...
चाँगुनारायण नगर प्रमुख, उपप्रमुखमा एमाले विजयी

चाँगुनारायण नगर प्रमुख, उपप्रमुखमा एमाले विजयी

भक्तपुर। चाँगुनारायण नगरपालिकाकाको नगर प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । यस नगरपालिकाको नगरप्रमुखमा एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका सोम मिश्रले आठ हजार ५१२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजाराम खड्काले छ हजार ८६९ मत प्राप्त गरी पराजित हुनुभयो । त्यसैगरी, उपप्रमुखमा एमालेकै विना बास्तोलाले आठ हजार ७८९ मत ...
उदयपुरमा प्रमुख तीन दलका उम्मेदवार तय

उदयपुरमा प्रमुख तीन दलका उम्मेदवार तय

गाईघाट (उदयपुर)। स्थानीय तहमा हुन गइरहेको दोस्रो चरणको निर्वाचनका लागि उदयपुर जिल्लामा नेकपा (एमाले) र नेपाली काँग्रेसले जिल्लाका चार नगरपालिका र चार गाउँपालिकासहित आठ स्थानीय तहमा आफ्ना पार्टीबाट उम्मेदवार निर्धारण गरेका छन् । एमालेले सोमबार जिल्लाका आठवटा स्थानीय तहका लागि आफ्नो पार्टीको तर्फबाट उमेदवारको नाम सार्वजनिक गरेको कुरा एमाले उदयपुरले बताएको छ । जिल्लाको त्रियुगा नगरपालिकामा एम...
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

उर्लाबारी (मोरङ) । मोरङको विराटनगर–५ दावाबन्दीस्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बर्जु गाउँपालिका–२ बस्ने ३३ वर्षीय रामलाल मण्डल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिनुभयो । विराटनगर बरगाछीबाट पश्चिमतर्फ जाँदै गरेको को १६ प ९९९८ नम्बरको मोटरसाइ...
माओवादी केन्द्रद्व्रारा पुनः मतदानको माग

माओवादी केन्द्रद्व्रारा पुनः मतदानको माग

रत्ननगर (चितवन) । नेकपा (माओवादी केन्द्र) चितवनले मतपत्र च्यातिएर मतगणना स्थगित भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदानको माग गरेको छ । माओवादी केन्द्रले एक विज्ञप्ति जारी गरी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० अनुसार उक्त वडामा पुनः मतदानको माग गरेको हो । सोमबार एक विज्ञप्ति जारी गरी केन्द्रले उक्त घटना एमालेले घटाएको भन्दै घटनाको वास्तविकतालाई बङ्ग्याएर सामाजिक सञ्जाल ...
माओवादी एजेन्डामा मुलुक अघि बढ्दैःपूर्वमन्त्री भट्ट

माओवादी एजेन्डामा मुलुक अघि बढ्दैःपूर्वमन्त्री भट्ट

कञ्चनपुर । नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री लेखराज भट्टले माओवादी एजेन्डामा मुलुक अघि बढिरहेको बताउनुभएको छ । सोमबार साँझ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा नेकपा (माओवादी केन्द्र) कञ्चनपुरद्वारा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता भट्टले अहिले मुलुक माओवादीकै एजेन्डामा प्रवेश गरेको बताउनुभयो । माओवादीले जनयुद्धका बेला अघि सारेका एजेन्डा कार्यान्वयन भइरहेको नेता भ...
मतपत्र च्यातिएपछिको स्थिति बुझ्न ओली भरतपुर जाँदै

मतपत्र च्यातिएपछिको स्थिति बुझ्न ओली भरतपुर जाँदै

काठमाडौं। भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा आइतबार राति मतपत्र च्यातिएपछिको स्थिति बुझ्न एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन जाने भएका छन्। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार त्यहाँको वस्तुस्थिति बुझ्न अध्यक्ष ओलीसहितको टोली चितवन जान लागेको हो। नेम्वाङ्का अनुसार ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग पनि यस घटनाबारे कुरा गर्नुहुनेछ । सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्र...
२०७४ जेठ १६ गते मंगलबारको राशिफल

२०७४ जेठ १६ गते मंगलबारको राशिफल

मेष–    ठूला व्यक्तिको आसा र भरोसा पनि तपाइ प्रति रहनेछ । बोलदा धेरैकामहरु सहज हुनेछन । वृष–    सहयोग र नयाँमित्रको आगमनले  अन्तत आफनु मन प्रसन्न हुनेछ, धनको लाभ पनि होला । मिथुन–    परिश्रमले आफनु लक्ष पुरागर्न सकिनेछ, नोकरि र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नु पर्ने छ कर्कट–    नया काम पाउने योग छ ।  पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिनेछ, दिन राम्रै छ । सिंह–    आटेगरेका काम...
धनकुटा आईपुगेर भट्टराईले भने–‘भरतपुरको मतपत्र माओवादीले खाए’

धनकुटा आईपुगेर भट्टराईले भने–‘भरतपुरको मतपत्र माओवादीले खाए’

धनकुटा। नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले भरतपुरमा गणना भईरहेको मतपत्र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले खाएको आरोप लगाएका छन । एमाले धनकुटा नगर कमिटीले हिले बजारमा सोमवार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सचिव भट्टराईले यस्तो बताएका हुन । निर्वाचनमा हार्ने निश्चित भएपछि भोक लागेको झोकमा बौलाएर माओवादी कार्यकर्ताले गणना हुदै गरेको मतपत्र नै खाएको उनले बताए । पहिलो चरणक...
नेपाल बैंकद्धारा विद्यालय भवन पुनःनिर्माणमा सहयोग

नेपाल बैंकद्धारा विद्यालय भवन पुनःनिर्माणमा सहयोग

  काठमाडौ । नेपाल बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ६ वाँडेगाउँमा सञ्चालित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालयको भवन पुनःनिर्माणका लागि रु ५२ लाख सहयोग उपलब्ध गराएको छ । वाँडेगाउँमा आयोजित कार्यक्रममा उक्त बैंक सञ्चालक समितिका सदस्यद्वय डा उमाकान्त सिलवाल र सुरेन्द्रबहादुर सिंहले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तमविक्रम थापालाई सो रकम हस्तान्...
महाभियोग प्रस्ताव फिर्ता

महाभियोग प्रस्ताव फिर्ता

काठमाडौ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता भएको छ । उक्त प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र समर्थक टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई त्यससम्बन्धी लिखित जानकारी दिँदै उहाँहरुले प्रस्ताव फिर्ता लिनुभएको हो । ‘संविधान कार्यान्वयनको यो संवेदनशील घडीमा संविधानबमोजिम स्थापित राज्यका अङ्गहरुले संविधानको उद्देश्यअनुरुप काम गर्नुपर्ने बृहत्तर आव...
प्रचण्डले २० अर्ब भ्रस्टाचार गरेको थाहा पाएर माओबादी पार्टी छोडेको हुँ : बाबुराम भट्टराई

प्रचण्डले २० अर्ब भ्रस्टाचार गरेको थाहा पाएर माओबादी पार्टी छोडेको हुँ : बाबुराम भट्टराई

काठमाडाैं।नयाँ शक्ति पार्टिका संयोजक डा.बाबुराम भट्टराइले कंचनपुरमा आयोजित पार्टीको एक सभालाई सम्बोधन गर्दै माओबादि केन्द्रले एमाले र कांग्रेसले भन्दा धेरै भ्रस्ट गरेको आरोप लगाएका छन्। बाबुराम भट्टराईले आफुले बाहिर मात्रै होइन भ्रस्टचारको मुद्दा भित्रै उठाएको भन्दै लडाकुको नाममा राज्यले दिएको अर्बौ रुपैया आफुलाई समेत थाहाँ नदिइ प्रचण्डको नेतृत्वमा भ्रस्टचार भएको बताए। बाबुरामले अगाडि भने-‘प्र...
बजेट प्रस्तुत हुँदै

बजेट प्रस्तुत हुँदै

काठमाडौ। व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले ‘आर्थिक वर्ष २०७४÷७५ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरिरहनुभएको छ । नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते नै बजेट पेस गर्नुपर्ने व्यवस्थानुसार उहाँले संसद्मा आज आगामी आवको बजेट प्रस्तुत गर्नुभएको हो । यसअघि राष्ट्रिय योजना आयोगका अध्यक्ष एवम् प्रधानमन्त्रीको अध्यक्षतामा बसेक...
भिडन्तमा परी करिब दुई हजार सर्वसाधारण फसे

भिडन्तमा परी करिब दुई हजार सर्वसाधारण फसे

फिलिपिन्स । फिलिपिन्सको दक्षिणी सहरमा सरकारी सुरक्षा बल र इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहबीच भएको भीषण भिडन्तको कारण दुई हजार भन्दा बढी सर्वसाधारण फसेर रहेका जनाइएको छ । सो सहरमा करिब एक हप्तादेखि आइएस आतङ्ककारी र सुरक्षाबलबीच जारी भिडन्तको कारण महिला र बालबालिकासहित १९ व्यक्तिले ज्यान गुमाउनुको साथै दुई हजार भन्दा बढी सर्वासधारण त्यहाँबाट भाग्न नसकेर फसेर रहेका अधिकारीहरुले जानकार...
दोस्रो चरणको चुनाव फेरी पनि सर्‍यो, असार ९ गते गर्ने सरकारको निर्णय

दोस्रो चरणको चुनाव फेरी पनि सर्‍यो, असार ९ गते गर्ने सरकारको निर्णय

काठमाडौं । आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो । आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझ...
अर्को निर्णय नभएसम्म भरतपुरको मतगणना नहुने, छानविन समिति गठन

अर्को निर्णय नभएसम्म भरतपुरको मतगणना नहुने, छानविन समिति गठन

  काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरको मतपत्र च्यातिएको घटनाबारे छानविन गर्न समिति गठन गरेको छ । यो समितिले अध्ययन गरेर रिपोर्ट बुझाएपछि आयोगले निर्णय लिनेछ । त्यसबेलासम्म मतगणना रोकिनेछ । भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आइतबार मध्यरातमा मतपत्र च्यातिएपछि बिथोलिएको थियो । भरतपुर महानगरको मतगणना अन्तिम चरणमा पुगेका बेला आइतबार मध्यरातमा मतपत्र च्यातिएको थियो । लगत्तै निर्वा...
पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा

पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा

तुलसीपुर (दाङ)। आसन्न स्थानीय तहको निर्वाचनमा दाङको तुलसीपुर क्षेत्रमा क्रियाशील पाँचजना पत्रकार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । यसरी चुनावी प्रतिस्पर्धामा उत्रिएका पत्रकारहरुमध्ये तीनजनाले नेपाली काँग्रेस र दुईजनाले नेकपा (एमाले)बाट चुनाव लड्दै छन् । प्राप्त विवरणअनुसार काँग्रेसबाट चुनावी मैदानमा उत्रिएका पत्रकारहरु सुरेश श्रेष्ठ न्यूज २४ टिभीका समाचारदाता हुन् भने सुवास डिसी रेडियो ...
दोस्रो चरणको चुनाव असार ७ या १४ गते गर्ने तयारी

दोस्रो चरणको चुनाव असार ७ या १४ गते गर्ने तयारी

 काठमाडौैं । प्रमुख दलहरु दोस्रो चरणको स्थानीय चुनाव सार्न सहमत भएपछि निर्वाचन आयोग छलफलमा जुटेको छ । जेठ ३१ मा गर्ने भनिएको निर्वाचन असारको दोस्रो सातामा गर्ने तयारी थालिएको छ । निर्वाचन आयोगले आफ्नो राय दिएपछि सरकारले नयाँ मिति तोक्नेछ । आयोग अहिले आन्तरिक छलफलमा छ । स्रोतका अनुसार आयोगमा दुई मितिको विकल्पमाथि छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले असार ७ वा ८ गर्ने दोस्रो चरणको चुनाव ग...
धनकुटा कारागारका चार कैदीको कैद मिनाहा

धनकुटा कारागारका चार कैदीको कैद मिनाहा

धनकुटा । जिल्ला कारागार धनकुटामा रहेका चार जना कैदीबन्दी गणतन्त्र दिवसका अवसरमा कैद मिनाहा भएर सोमवार कैद मुक्त भएका छन । ४० प्रतिसत कैद भुक्तान गरेका चार जना पुरुष कैदीको कैद मिनाहा भएको जिल्ला कारागार कार्यालय धनकुटाले जनाएको छ । कर्तब्य ज्यान मुद्धाका दुईसहित सवारी ज्यान मुद्धा र बहुविवाह मुद्धाका एक/एक जना कैद मिनाहा भएर छुटेको जिल्ला कारागार कार्यालयका प्रमुख जेलर ईश्वरी प्रसाद रेग्मीले जानक...
डेढ वर्षअघि सगरमाथामा हराएका दुईको शव फेला

डेढ वर्षअघि सगरमाथामा हराएका दुईको शव फेला

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा हराएका दुई भारतीय नागरिकको शव भेटिएको छ । सगरमाथा आरोहणको पूर्वतयारीका क्रममा चौथो शिविर पुगेका भारतीय नागरिक ५८ वर्षीय परमेशचन्द्र नाथ र ५० वर्षीय गौतम घोष २०७२ चैत ४ गते बेपत्ता भएका थिए । त्यसबेला खोजी गर्दा नभेटएको भएपनि यसवर्ष हिउँ कम हुँदा उनीहरुको शव बाहिर देखिएपछि फेला परेका हुन् । उनीहरुको शव आज हेलिकोप्टरमार्फत राजधानी लगिएको प्रहरी नायब उपरीक्...
error: Content is protected !!