- संगालोखबर सम्वाददाता

धनकुटा, ३२ साउन । तराईक्षेत्रको बाढी र डुवानका कारण पूर्वी नेपालमा अवरुद्ध भएको बिधुत सेवा पाँच दिन पछि सुचारु भएको छ ।

अविरल बर्षाका कारण दुहवी स्थित बिधुत ग्रिडमा पानी जमेपछि गत शुक्रबार साँझ देखिनै धनकुटासहित पूर्वी नेपालका १० जिल्लामा बिधुत सेवा बन्द भएको थियो ।

पानी पर्न छाडेपछि जमेको पानी सुकेकाले मंगलबार साँझबाट अधिकांस स्थानमा बिधुत सुचारु भएको दुहवी ग्रिडका प्रमुख अस्ताब आलमले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार दुहवी ग्रिडको समस्या समाधान भईसकेको भएपनि केही स्थानहरुको बिधुत लाईन बिग्रिएकाले अझै पनि सवै स्थानमा बिधुत पुग्न सकेको छैन ।

लामो समयसम्म बिधुत सेवा बन्द भएपछि पूर्वी नेपालमा अन्धकार मात्र नभएर जनजीवन नै अस्तब्यस्त भएको थियो । पाँच दिनसम्म बिधुत नभएका कारण सम्पुर्ण बिधुतिय सामाग्री बन्द हुँदा मानिसहरुको जनजीवन अस्तब्यस्त भएको हो ।

पूर्वी नेपालका मानिसहरु सञ्चार बिहिन भएका थिए । मोवाईल, टेलिफोन र इन्टरनेटसमेत अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!