Avatar photoSangalo Khabar

धनकुटा, २७ साउन । अनसनरत डा. गोबिन्द केसीको समर्थनमा धनकुटाका डाक्टरहरु पनि आन्दोलित भएका छन । केसीले उठाएका मागलाई समर्थन गर्दै उनीहरुले बिरोधका कार्यक्रम सुरु गरेका हुन ।

केसीले उठाएका मागलाई संबोधन गर्न दवाव स्वरुप धनकुटा अस्पतालका डाक्टरहरुले शुक्रबार कालोपट्टी बाधेर ओपिडी कक्ष बाहिरै बिरामीको उपचार गरिरहेका छन ।

Advertisement
अस्पताल परिषरबाट बिरामीको उपचार गर्दै डाक्टरहरु ।

डाक्टरहरुले अस्पताल परिषरमा बैकल्पिक ब्यवस्थापन गरेर बाहिरबाटै बिरामीको उपचार गरेका हुन ।

बिरामीलाई पनि असर नपुर्याउँने र डा. गोबिन्द केसीको मागलाई पनि समर्थन जनाउँदै अस्पताल परिषरबाटै उपचार सेवा उपलब्ध गराईएको जिल्ला स्वास्थ्य प्रमुख डा.मदनकुमार उपाध्यायले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement