- संगालोखबर सम्वाददाता

धनकुटा, २७ साउन । नगरबासीलाई सहज रुपमा सेवा उपलब्ध गराउँने उद्धेश्यले धनकुटाको महालक्ष्मी नगरपालिकाबाट शुक्रवार पहिलो पटक नागरिकता प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिले नगरबासीलाई नागरिकता प्रदान गरेका हुन ।

Advertisement

महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले महालक्ष्मी नगरपालिका–७ की प्रतिज्ञा सुवेदीलाई पहिलो नागरिकता हस्तान्तरण गर्दै नागरिकता वितरणको थालनी गरेका छन ।

नगरपालिकाबाट पहिलो पटक नागरिकता प्रदान गर्दै महालक्ष्मीका मेयर र उप–मेयर ।

त्यस्तै उप–मेयर मञ्जु अधिकारीले महालक्ष्मी नगरपालिका–८ का युकेश श्रेष्ठलाई नागरिकता प्रदान गरेकी छन । महालक्ष्मी नगरमा जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो पटक नगरपालिकामै नागरिकता टोली ल्याएर नगरबासीलाई नागरिकता प्रदान गरिएको हो ।

नगरपालिकाबाटै नागरिकता पाएपछि महालक्ष्मी नगरबासी हर्षित भएका छन ।

यसअघि जिल्ला सदरमुकाम पुगेर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनुपर्ने बाध्यता भएपनि जनप्रतिनिधिहरुका कारण गाउँबाटै छोरीको नागरिकता बनाउँन पाउँदा राहत महसुस भएको पहिलो नागरिकता लिने महालक्ष्मी–७ की प्रतिज्ञाका वावु रेवत सुवेदीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!