जनकपुरधाम । जनकपुरमा एक १२ वर्षीया बालिकालाई बलात्कारपछि निर्मम हत्या गरिएको छ । जनकपुर उपमहानगरपालिका १ मुसहरी टोलका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविका साहको बलात्कारपछि हत्या गरिएको छ ।

साहको घरमै डेरा गरी बस्दै आएका महोत्तरी जिल्लाको बहेडा बेला ४ निवासी ३५ वर्षीय रामचन्द्र महतोले विविकाको बलात्कारपछि हत्या गरेका हुन् ।मंगलबार घरमा आमाबुवा नभएको बेला विविका र उनकी १० वर्षीया कान्छी बहिनी पुष्पा घरमा बसेका थिए ।

Advertisement

सोही घरमा अर्को कोठा भाडा लिएर बस्दै आएका महतोले दिउँसो मृतककी कान्छी बहिनी पुष्पालाई घरबाट अली पर रहेको पसलबाट पानपराग र चकलेट किनेर ल्याउन फकाएर पठाए ।

पुष्पा घरबाट निस्केर पसल गएपछि विविका एक्लै थिइन् । सोही बेलामा महतोले उनलाई बलात्कार गरी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।अाजकाे अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!