संगालोखबर संवाददाता

बनेपा।काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा खानेपानीको चरम अभाव हुँदा स्थानयवासीले सास्ती व्यहोर्नुपरेको छ ।

Advertisement

नगरपालिकाको क्षेत्र विस्तारपछि परेको तत्कालीन साविकको टुकुचानाला गाविसको १, २, ४ र ५ नं वडामा खानेपानीको अभावका कारण उपभोक्ताको जीवन निकै कष्टकर बनेको छ ।

‘‘छरिएर रहेका केही मुहानबाट आ–आफ्नो तरिकाले पानी ल्याएर उपभोग गरेका छौँ’’ बनेपा नगरपालिका–१ पाण्डेगाउँका विष्णुभक्त पाण्डेले भन्नुभयो । एक गाग्री पानी ल्याउन घण्टौँ समय बिताउनुपर्दा घरका अरु कामधन्दा गर्न कठिनाइ भएको र यसले खासगरी महिला र बालबालिकाको कार्यबोझ बढेको उहाँको भनाइ छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अधिकृत रामकाजी काफ्लेले मूल व्यवस्थापनको लागि विवादित पानीको मूल हुन नहुनेमा जोड दिँदै खानेपानीको असुविधाको समस्या समाधान गर्न उपभोक्ता नै सक्रिय हुनुपर्ने बताउनुभयो ।

उहाँले खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिमार्फत आधुनिक सरसफाइमा उपभोक्तालाई जागरुक बनाएको उल्लेख गर्दै कुहिने र नहुहिने फोहोर व्यवस्थापनको विषय समेत सिकाइ भएको बताउनुभयो ।

कतिपय स्थानमा वर्षाबाट आएको पानी संकलन गरेर त्यसलाई सरसफाइमा समेत प्रयोगमा ल्याइएको छ । जिल्लामा जलस्रोत समितिमा दर्ता भएका खानेपानीका मुहान करिब हजारवटा दर्ता भए पनि कतिपय मुहान अहिले सुकिसकेका र केही वर्षात्को समयमा मात्र थोरै पानी निस्कने गर्दछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement