ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष राशि– चु. चे. चो. ल. ला. लि. लु. ले. लो. अ.

आज्ञान प्राप्त गर्ने खालको कुनै विशेष शुभ कार्यमा सामेल हुनु पर्ला । तपाईंको क्षमता अनुसारको कामबाट लाभ अवश्य मिल्नेछ । स्वास्थ्यमा अवरोध आउने सम्भावना पनि रहेकाले खानपिनमा सजक रहनु भए बेश हुने देखिन्छ । यो साता तपाईंले यात्रा गर्दा भने बडो सजगता अपनाउनु होला । प्रेम प्रसंगका कुरामा घर परिवारको राम्रो सहयोग मिल्नेछ । इलेक्ट््रीकल सामग्रीको काम गर्नेहरुका लागि राम्रो किसिमको साता रहला । पुरानो साथिभाई संगको मिलनमा रमाउन पाउनुहुने साता छ ।

Advertisement

बृष राशि– इ. उ. ए. ओ. वा. व. वि. वु. वे. वो.

आर्थिक  कुरामा पुरा सन्तोष प्रप्त गर्न कठिन समय आएको छ तर आंशिक रुपमा हुने कमाईले थोरै भए पनि मन सन्तोष रहला । खेलकुद क्षेत्रमा हुनुहुनेहरुका लागि समय राम्रो छ । कामको सफलताले पनि मन प्रसन्न रहला । तपाईंको परिश्रम यो साता कतै पनि खेर जाने छैन मन लगाएर काममा सक्रिय रहनु होला । कसैको स्वास्थ्य उपचारमा  अलिकति समय र धन खर्च पनि गराउने साता रहेको छ । श्रमजीविहरुका लागि यो साता रमाइलो रहने देखिन्छ । प्रेम प्रसंगको शुभ समाचार पनि सुनिनेछ । र्आिर्थक कारोवार गर्दा भने सावधानि अपनाउनु पर्ने देखिन्छ ।

मिथुन राशि– क. का. कि. कु. घ. घा. ङ. छ. के. को. ह. हा.

तपाईंले यो साता हतारमा कुनै पनि कुराको निर्णय नलिनु होला । कामप्रति जाँगर हराएर जान सक्छ । नयाँ कामको लागि अवसर आए पनि राम्ररी मनन र सर–सल्लाह गर्नु होला । तरकारी व्यवशायमा राम्रो फाईदा होला । सामाजिक कामको पनि जिम्मेवारी बड्ने देखिन्छ । जग्गा जमिनको कारोवारमा भने उचित समय आएको छ । मायालु मान्छे संग रमाउन पनि पाउनु हुनेछ । मान सम्मान पाइनेछ त्यसले तपाईलाई यो साता खुशि बनाउने छ । कटु वचन बोल्नबाट भने सावधानी अपनाउनुहोला ।

कर्कट राशि– हि. हु. हे. हो. डा. डी. डु. डे. डो.

यो साता कुनै उपहार तथा शुभ समाचार सुन्नाले मन गदगद होला । यतिबेला नै भवन निर्माण तथा सञ्चार संग सम्बन्धित कामको अनुकूल वातावरण मिल्ने छ । यदि तपाईं सरकारी सेवामा हुनुहुन्छ भने तपाईंका लागि यो साता अझ राम्रो रहने छ । काम गराई अनुसार राम्रै आम्दानी हुने देखिन्छ  तर खर्च पनि होला । धार्मिक देवालय तथा ऐतिहासिक ठाउँको भ्रमण हुने साता छ । यो साता तपाईंको प्रेम प्रसंग सुखद र सम्झन योग्य रहने छ । धेरै समयदेखि अल्झीरहेको पुरानो काममा सफलतामा प्राप्त होला । विजुलीका सामग्रीबाट र स्वास्थ्यका बारेमा सावधानु पर्ने साता छ ।

सिंह राशि– म. मा. मि. मू. मे. मो. ट. टा. टि. टू. टे.

यो साता तपाईंका कामहरु बन्दै जानेछन त्यसैले काम गराईमा भरपुर मन लगाउने कोसिस गर्नु होला । यहि साता तपाईंको इज्जत वृद्धि गराउने किसिमको कुनै काम सम्पन्न होला । पुस्तक प्रकाशन तथा विक्रि वितरणको काममा नसोचेको फइदा होला । तपाईंको बुद्घि अनि विवेकको अरुले पनि यो साता सहयोग लिने देखिन्छ । मंगलबारको दिन कुनै कामको लागि अग्रसर भएर केही कामको जिम्मेवारी लिनु पूर्व राम्ररी बिचार पु¥याउनु होला । स्वाथ्य र प्रेममा अलि खराब साता भएपनि जागिरमा भने पदोन्नतीको सम्भावना छ । खुट्टा तान्नेहरुबाट भने सावधान रहनुहोला ।

कन्या राशि–   टो. प. पा. पी. पू. ध. ण. ठ. पे. पो.

तपाईंले पुरानो मित्र वा आफन्तबाट कुनै रहस्यको कुरा थाहापाउनु हुने योग छ । नँया कुरामा यो साता तपाईंले लगानी गर्दा बडो होश पु¥याउनु होला । तपाईंलाई यो साता पारिवारिक तथा इष्टमित्रको सहयोग पनि राम्रै संग मिल्ने देखिन्छ । बुधवारको दिन आर्थिक कुराको अभाव पनि हुनसक्छ । शिक्षा सङ्गित र कला क्षेत्रमा रामै्र प्रगति हुने देखिन्छ । ऐतिहासिक ठाउँको यात्रा हुने संभावना रहेको छ । यात्राबाट मानसिक बल पनि मिल्ने देखिन्छ । तपाईंको मायालु मन्छे तपाईं संग रिसाउन पनि सक्छ फकाउने उपाय सोच्दै गर्नु होला ।

तुला राशि– र. रा. रि. रु. रे. रो. त. ता. ति. तु. ते.

समाजमा मान प्रतिष्ठा पनि कमाउन सकिने साता रहेको छ । वहस विवाद आदि गर्नबाट भने तपाईंले यो साता राम्ररी जोगिनु पर्ने देखिन्छ । विवादको वातावरण बन्यो भने सरक्क उठेर अन्यत्र लाग्नु भए वेश होला । श्रमजीविहरुका लागि यो साता रमाइलो रहने देखिन्छ । शुक्रवारको दिन मिष्ठान्न भोजन प्राप्त होला । काम प्रतिको लगनशिलतालाई कायम राख्नु भए पछिका लागि राम्रो हुने साता छ । संचारको क्षेत्रबाट आंशिक लाभ होला । अधुरा काम बन्नेहरु छन् । खानपिनका कुरामा सावधान रहनुहोला । माया पिरतीका कुरामा मन खुशी रहनेछ ।

बृश्चिक राशि– तो. न. ना. नि. नु. ने. नो. या. यि. यू.

हांसखेल र भेटघाटमा रमाउन पाइएला तर समयमा काम सक्ने कुरामा सावधान रहनु होला । सामाजिक कार्यमा बढी नै संलग्न हुनु पर्ला । आफन्त जनको प्रत्यक्ष भन्दा अप्रत्यक्ष सहयोग मिल्ने देखिन्छ । यतिबेला तपाईले मन लगाएर काममा बडी भन्दा बडी समय खर्चनु भए धेरै नै फलदायी समय छ । ग्रहहरुले तपाईंको यात्राको लागि पनि सामान्य योग बनाएको छ । तर यो साता तपाईंको यात्राका क्रममा वा अन्य कुनै समयमा कुनै सामान हराउन सक्छ सावधान रहनु होला ।

धनु राशि–  ये. यो. भा. भ. भी. भू. ध. फा. ढा. भे.

प्रेमी वा प्रेमीकालाई पर्याप्त समय छुट्याउन नसक्दा रिसाउने सम्भावनाछ । धेरै समय अधिदेखि प्रतिक्षा गरेका कामहरु सम्पन्न हुन सक्ने ग्रहहरुले बताइरहेका छन् तर तपाईको प्रयास जारी रहे सम्म, त्यसैले प्रयासलाई जारी राख्नु होला ।  खानपिनका बिभिन्न परिकार हरु पनि प्राप्त हुने समय छ । कुनै विशेष समारोहमा तपाईंको उपस्थिति महत्वपूर्ण रहने सम्भावना छ । राजनीतितिर पनि तपाईंको चासो त्यत्तिकै रहने साता छ । यति हुँदाहुदै पनि तपाईंले यो साता लेनदेनको मामिलामा भने अत्यन्त सजग हुनुहोला ।

मकर राशि– भो. ज. जा. जी. जू. जे. जो. ख. खा. खि. खु. खे. खो.ग. गा. गी.

आफ्नो कामबाट दिक्क लागेर पेशा परिवर्तन गर्ने चाहना मनमा आउला । विपरित लिङ्गि साथीहरुको सहयोग र हौसलाले अधूरा काममा सफलता प्राप्त हुने देखिन्छ । साताको अन्त्यमा कतैबाट कुनै अशुभ समाचार पनि सुन्नु पर्ला । यो साता तपाईंले कुनै साहित्यिक गतिविधिमा सहभागी हुनुपर्ला जस्तो छ । बौद्धिक तथा सिर्जनात्मक काम गर्ने बेला आएको छ । मंगलवारको दिन आर्थिककारोवार गर्दा सावधानि अपनाउनु होला । यो साता तपाईंको पुरानो बांकि पैशा उठ्नेछ । समाजसेवामा पनि लाग्ने समय छ । यो साता सवारी साधन चलाउदा भने सावधान रहनुहोला ।

कुम्भ राशि– गु. गे. गो. सा. सी. सू. से. सो. दा.

मायालु मान्छे संग रमाईला कुरा होलान । बिग्रन लागेका कामहरु पनि बन्ने छन् । भाग्योदयको लागि उपयुक्त समय आएको छ प्रयास भने जारी राख्नु होला । यो साता राम्रो कुरा सुन्न अनि भोग्न पाउने सम्भावना रहेको छ । कसैको स्वास्थ्य उपचारमा सहयोग पनि गर्नु पर्ला । समाज सेवाका क्षेत्रमा केही गर्न अनुकूल मिल्ने देखिन्छ । निर्माणको काम गर्नुहुनेहरुका लागि अझ राम्रो तवरले सफलता मिल्ने साता छ । तपाईंको कुनै महत्वपूर्ण उपलब्धि पनि यो साता हुने देखिन्छ । यो साता ठगीमा पनि परिन सक्छ सावधान रहनुहोला ।

मीन राशि– दी. दु. थ. झ. ञ. दे. दो. च. चा. ची.

मायालु मन्छे संग छोटो समयका लागि छुट्टीनु पर्ला । यो साता तपाईंले गरेका कामको सही मूर्याङ्कन हुने देखिन्छ । खाद्यान्नको व्यापार व्यवसायबाट राम्रै लाभ मिल्ला । उपहार पुरस्कार आदि पनि प्राप्त हुने सम्भावना रहेको समय छ । यो साता तपाईंले कलाकारिताको क्षेत्रमा प्रवेश गर्न सके पछि राम्रो प्रगति हुने देखिन्छ । तपाईंको क्षमताको अरुले पनि फाइदा लिनेछन् । यो साता तपाईंको सहयोगको अरुलाई अपेक्षा रहिरहने छ । सरकारी पक्षको सहयोगमा पनि कामहरु बन्ने छन् । यो साता आर्थिक कारोवारमा सावधान रहनुहोला ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!