संगालोखबर संवाददाता

काठमाडौँ । भरतको बहराइच जिल्लाको रुपडियामा रहेको नेपाल–भारत सीमा नजिकै बेवारिसे अवस्थामा ६ वटा बम फेला परेका छन् ।

Advertisement

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार प्रहरी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) लाई बम फेला परेको समाचार लगत्तै घटनास्थलमा पठाइएको थियो ।

त्यस्तै, क्षेत्रका सम्बन्धित अधिकारीहरुलाई पनि घटनाको जानकारी दिइएको र यसबारे अनुसन्धान शुरु भइसकेको बताइएको छ ।

यद्यपि, प्रहरीले भने भेटिएका वस्तु बम वा विस्फोटक पदार्थ हो या होइनन् भन्ने कुरा बम डिस्पोजल टोलीले यकिन गर्ने बताएको छ ।

भेटिएको वस्तुमाथि डाइनामाइट लेखिएको भए पनि वास्तावमा यो बम हो या होइन भन्ने कुरा आफूहरुले यकिन गर्न नसकेको प्रहरीको भनाई छ ।

हिजोमात्र अमेठीमा कोलकाताबाट अमृतसर गइरहेको रेलमा धम्कीपूर्णपत्रसहित विस्फोटक पदार्थ भेटिएको थियो ।-एजेन्सी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement