सय वर्षमा १ लाख बाघ लोप, ३५ सयमात्रै बाँकी

सय वर्षमा १ लाख बाघ लोप, ३५ सयमात्रै बाँकी

सय वर्ष अघिसम्म संसारभरि १ लाख बाघ थिए । सय वर्षपछि ३५ सयको हाराहारीमा मात्रै रहेका छन् । हिजोआज दक्षिण एसियाको १३ देशमा मात्रै बाघ पाइन्छन् । उल्लिखित देशमध्ये झन्डै भारतमा २३ सय र नेपालमा १ सय ९८ बाघ पाइन्छन् । नेपालको सबैभन्दा बढी बाघ चितवनमा पाइन्छ । त्यहाँ १२५ को हाराहारीमा बाघ रहेका छन् । नेपाल, भारत, भुटान, बंगलादेश, कोरिया, ताजकिस्तान, थाइल्यान्ड, श्रीलंका, चीन, मलेसिया, रूस, म्यानम...
निर्वाचनको मिति पुनः सार्न सक्ने हल्लाले निर्वाचन हुने, नहुनेमा शङ्का उपशङ्का

निर्वाचनको मिति पुनः सार्न सक्ने हल्लाले निर्वाचन हुने, नहुनेमा शङ्का उपशङ्का

कैलाली । दोस्रोचरणको स्थानीय तह निर्वाचनको मिति पुनः सार्न सक्ने हल्लाले कैलालीका कतिपय ठाउँका स्थानीयमा चुनाव नै नहुने हो की भनेर शङ्का गर्न थालेका छन् । सरकारले दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचन जेठ ३१ गतेका लागि तोकिएको थियो । त्यसपछि गत सोमबार मात्रै सरकारले सो निर्वाचन असार ९ गते हुने मिति तोकिएको छ । अहिले आएर पुनः असार १४ गतेका लागि निर्वाचनको मिति सार्न सकिने हल्ला भएपछि निर्वाच...
राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलसँग परामर्श

राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलसँग परामर्श

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा जानकारी लिई र दलहरुसँग परामर्श गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आयोजना गर्नुभएको सर्वदलीय बैठकमा सहमतिको सरकार गठनका लागि आज अन्तिम दिन भएकाले यसलाई सदुपयोग गर्न आग्रह गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । “मुलुकको अवस्था ख्याल गरेर सहमतिको सरकार गठन गर्नुस्, राष्ट्रिय सहमतिक...
मतगणना सुरु गर्न माग गर्दै एमालेद्वारा सदन अवरुद्द

मतगणना सुरु गर्न माग गर्दै एमालेद्वारा सदन अवरुद्द

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुनः सुचारु गर्न माग गर्दै व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरेको छ । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा वैशाख १५ गते मतगणनामा खटिएका स्वयम्सेवकले नै मतपत्र च्यातेपछि निर्वाचन अधिकृतको कार्यालयले तत्काल मतगणना स्थगित गरेको थियो । सो घटनाका बारेमा...
बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर

बस दुर्घटनामा दुईको मृत्यु, चार गम्भीर

हेटौँडा। मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्ती सुनाचुरीमा आज बिहान बस र टिपर एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सङ्खुवासभा–३ बसोबास गर्ने २३ वर्षीय केशवबहादुर राई र भारतीय नागरिक ३० वर्षीय मोहम्मद साहउद्दिन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई घटनास्थलबाट उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक वसन्तकुम...
३४ वर्षे शिक्षक पेसा छोडेर गाउँपालिका अध्यक्षको उम्मेदवार

३४ वर्षे शिक्षक पेसा छोडेर गाउँपालिका अध्यक्षको उम्मेदवार

 गुल्मी । दोस्रो चरणमा हुने स्थानीय तह चुनावको लागि गुल्मीको प्रतिष्ठित बोर्डिङ्गका प्रीन्सिपल गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका छन् । सदरमुकाम तम्घासमा रहेको अर्जुन बोडिङ्ग स्कुलका प्रीन्सिपल दानबहादुर केसी गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका हुन् । एमाले गुल्मीको बिभिन्न मातहतका कमिटीहरुमा जिम्मेवारी पूर्वक काम गरेका केसीलाई एमालेले उम्मेदवार बनाएको हो । झण्डै ३४ वर्षसम्म प्रीन्सिपलका...
भरतपुर काण्डको रहस्य: मध्यरातमा किन च्यातियो मतपत्र ?

भरतपुर काण्डको रहस्य: मध्यरातमा किन च्यातियो मतपत्र ?

रेणु दाहालको उम्मेदवारीदेखि नै भरतपुर महानगरपालिका चर्चामा आयो । मध्यरातमा मतपत्र च्यातिएपछि भरतपुर यतिबेला झनै बढी चर्चामा छ । एमालेले निर्वाचन हार्ने निश्चित भएपछि मतपत्र च्यातेको आरोप कांग्रेस र माओवादीले लगाएका छन् । रेणुले मतान्तर कम बनाउँदै लगेकी थिइन्, त्यसैले एमालेहरुले अत्तालिएर मतपत्र च्याते भन्ने आरोप उनीहरुबाट आइरहेको छ । यदि साँच्चै देवी ज्ञवालीले चुनाव हार्दै थिए भने बाँकी रहेका ...
राष्ट्रपति र उपराष्ट्रपतिलाई अब यस्तो सुविधा, कति पाउँछन तलब ?

राष्ट्रपति र उपराष्ट्रपतिलाई अब यस्तो सुविधा, कति पाउँछन तलब ?

काठमाडौं। सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक मंगलबार संसदमा दर्ता गरेको छ । राष्ट्रपति/उपराष्ट्रपतिलाई सरकारको तजबिजी निर्णयका आधारमा उपलब्ध गराउँदै आएको सेवासुविधालाई पारदर्शी बनाउन ऐन बनाउन खोजिएको हो । राष्ट्राध्यक्षको मासिक पारिश्रमिक १ लाख ५० हजार ४ सय ५० र उपराष्ट्रपतिका लागि १ लाख ८ हजार ३० प्रस्ताव गरिएको विधेयकमा दुवै पदाधिकारीका लागि अन्य थुप...
भीरबाट लडेर मृत्यु भएकाको शव पहिचान नहुँदा प्रहरीलाई समस्या

भीरबाट लडेर मृत्यु भएकाको शव पहिचान नहुँदा प्रहरीलाई समस्या

  रसुवा। गत जेठ १२ गते भीरबाट लडेर मृतावस्थामा फेला परेका एकजनाको एउटा शव पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख फणिन्द्र प्रसाईंका अनुसार पार्वतीकुण्ड गाउँपालिकाको ग्रे इलाकामा फेला परेको शव कस्को हो पहिचान हुन नसकेको र बेवारिसे शव रसुवा जिल्ला अस्पतालमा राखिएको छ । करिब ३०–३५ वर्षीय ती पुरुष ओखलढुङ्गा, रामेछाप, सिन्धुली वा दोलखा क्षेत्रको हुनसक्ने सबैले अ...
सुतेकै अवस्थामा दुईजना मृत फेला

सुतेकै अवस्थामा दुईजना मृत फेला

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० शिखरपुरमा सुतिरहेको अवस्थामा दुईजना मृत फेला परेका छन् । शिखरपुरमा रहेको विपी स्मृति आधारभूत विद्यालयको भवन निर्माणका क्रममा भवनको रेखदेख गर्न बसेका हेलम्बु गाउँपालिकाका २६ वर्षीय विष्णु नगरकोटी र मेलम्ची–१० शिखरपुरका १५ वर्षीय सन्तोष मिजार मृतावस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानका...
अवैध सम्पर्कबाट शिशु जन्माएर फाल्ने अविवाहित युवती पक्राउ

अवैध सम्पर्कबाट शिशु जन्माएर फाल्ने अविवाहित युवती पक्राउ

सल्लेरी (सोलुखुम्बु) । अवैध सम्पर्कबाट नवजात शिशुलाई जन्म दिएर फाल्ने एक अविवाहित युवती पक्राउ परेकी छिन् । दूधकौसीका गाउँपालिका–३ पञ्चन स्थायी घर भई हाल सदरमुकाम सल्लेरीमा डेरा गरी बस्ने राई थरकी एक १७ वर्षीया युवती पक्राउ परेकी हुन् । सोलुदूधकुण्ड नगरपालिका–६ नयाँबजारनजिकै मङ्गलबार दिउँसो फोहोर फाल्ने स्थानमा राईले डेरामा नै नवजात शिशु (छोरी)लाई जन्म दिएर फालेको प्रहरीको अनुसन्धानबाट खुलेको...
दोस्रो चरणको चुनावको मिति फेरि पनि सर्यो, असार १४ गते निर्वाचन गर्ने सरकारको निर्णय

दोस्रो चरणको चुनावको मिति फेरि पनि सर्यो, असार १४ गते निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो । यसअघि जेठ ३१ गतेलाई तोकिएको चुनावलाई सारेर असार ९ गते पुर्याइएको थियो । ९ गते मुस्लिम समुदायको महान पर्व परेको भन्दै चुनाव पाँच दिन पछि सारिएको हो । प्रदेशनम्बर १, २, ५ र ७ मा दोस्रो चरणको चुनाव हुँदै...
२०७४ जेठ १७ गते बुधबारको राशिफल

२०७४ जेठ १७ गते बुधबारको राशिफल

मेष–    धार्मिक काममा मन जानेछ । काममा पनि उत्साहजनक समय छ । वृष–    सोचेका काम बन्नेछन् । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । मिथुन–    स्वास्थ्यको विशेष ख्याल गर्नु होला । सोच्दैनसोचेको ठाउमा पैसा जाने दिन छ । कर्कट–    आय बृद्धि हुने दिन छ । नया कामको अवसर पनि मिल्ला, अँँन्नको लाभ पनि हुने दिन छ । सिंह–    कमाई बड्नाले सुख बड्नेछ । विगतको श्रमबाट पनि धन लाभ हुनेछ । कन्या–    न...
संगालोखबरका सम्पादकसहित दुई पत्रकार पुरस्कृत

संगालोखबरका सम्पादकसहित दुई पत्रकार पुरस्कृत

धनकुटा । सार्वजनिक सरोकार र विकासका विषयमा समाचार मार्फत योगदान पुर्याएको भन्दै संगालोखबर अनलाइनका प्रबन्ध निर्देशक एवं प्रधान सम्पादक रबिन कटेलसहित दुई पत्रकार पुरस्कृत भएका छन । जिल्ला समन्वय समिति धनकुटाले प्रधान सम्पादक कटेल र आर्थिक अभियान दैनिकका धनकुटा सम्बाददाता नारायण कुमार राईलाई जनही दश/दश हजार नगदसहित पुरस्कृत गरेको हो । जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा प्रमुख जि...
धनकुटा नगरमा कांग्रेसका उम्मेदवार घोषणा (नामावलीसहित)

धनकुटा नगरमा कांग्रेसका उम्मेदवार घोषणा (नामावलीसहित)

धनकुटा। आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले धनकुटा नगरपालिकामा उम्मेदवार घोषणा गरेको छ । जिल्ला सदरमुकाममा मंगलबार कार्यक्रम आयोजना गरी कांग्रेसले मेयर, उपमेयरसहित १० वटै वडाका लागि ५१ जना उम्मेदवार घोषणा गरेको हो । कांग्रेसले धनकुटा नगरको मेयरमा दिनेश राईलाई उठाएको छ । राई कांग्रेस धनकुटाका कोषाध्यक्षसमेत हुन । यता उप–मेयरमा कांग्रेसले रेणु श्रेष्ठलाई उम्मेदवार बनाएको छ । वडा नम्ब...
सत्र लाख ६६ हजार हेक्टर जमिनमा सिँचाइ

सत्र लाख ६६ हजार हेक्टर जमिनमा सिँचाइ

काठमाडौं । सिँचाइमन्त्री दीपक गिरीले आफूले मन्त्रालय सम्हालेपछिको नौ महिनाको अवधिमा चार ठूला कार्यक्रम कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नियुक्ति भएपछि चार महिना बुझ्न समय लागेको र त्यसपछिको पाँच महिनाको अवधिमा राप्ती तथा बबई नदी नियन्त्रण एवम् व्यवस्थापन कार्य अघि बढेको जानकारी दिनुभयो । सिक्टा सिँचाइ आयोजनाअन्तर्गत राप्ती नदी पूर्वक...
बजेट प्रतिक्रिया : शीघ्र पर्यटकीय पूर्वाधार बन्नुपर्ने व्यवसायीको सुझाव

बजेट प्रतिक्रिया : शीघ्र पर्यटकीय पूर्वाधार बन्नुपर्ने व्यवसायीको सुझाव

काठमाडौ । पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिएर ल्याइएको आव २०७४÷७५ को बजेटप्रति पर्यटन व्यवसायीले सकारात्मक प्रतिक्रिया दिएका छन् तर यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनीहरुको जोड छ । पर्यटनको मुख्य पूर्वाधार विमानस्थल निर्माण, पदमार्ग विस्तार तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने गरी आएको बजेट पर्यटन मैत्री रहेको प्रतिक्रिया उनीहरुले दिए । पर्यटन प्रवद्र्धनका कामलाई थप प्रभावकारी बनाउन न...
सङ्घीयतासम्बन्धी पहिलो बजेट

सङ्घीयतासम्बन्धी पहिलो बजेट

काठमाडौ। पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सोमबार प्रस्तुत गरिएको बजेट सङ्घीयताको सुनिश्चितता हुनेगरी आएको बताउनुभएको छ । रिपोर्टस क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा पूर्व अर्थमन्त्री अधिकारीले सरकारले निर्वाचन आचारसंहिताभित्र बसेर सङ्घीयतासम्बन्धी पहिलो बजेट ल्याएकाले अर्थमन्त्री महरालाई धन्यवाद दिनुपर्ने भन्दै सो बजेटले स्थानीय निकायलाई मजवुत बनाउने बताउनुभयो । आफनो गाउँघरमा ...
सूर्यमुखी फूलको व्यावसायिक खेती

सूर्यमुखी फूलको व्यावसायिक खेती

रामपुर (पाल्पा)। कुनै समय घरआँगनका वरिपरि, करेसाबारीमा शौखका रुपमा लगाइने सूर्यमुखी फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ । मौरी चरनका लागि सूर्यमुखी फूल उपयोगी ठानिने र यसबाट कृषकले तेब्बर फाइदा लिन सक्ने भएका कारण कृषकले व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । सौन्दर्यताका लागि केही बोट आँगनको डिल, छेउछाउमा लगाउँदै आएपनि सो खेतीबाट मनग्य आम्दानी हुनथालेपछि कृषक त्यसतर्फ आकर्षित भएका हु...
पुनः मतदान हुँदैन, मतगणना सुरु गर : महासचिव पोखरेल

पुनः मतदान हुँदैन, मतगणना सुरु गर : महासचिव पोखरेल

चितवन । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु गर्नुपर्ने बताउनुभएको छ । सो वडामा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि आइतबार रातिदेखि मतगणना स्थगन गरिएको छ । प्रेस चौतारी चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले मतगणना सुरु नभई पुनः मतदान भएमा गलत नजिर बस्ने भन्दैै मतगणना सुरु गर्नुपर्ने बताउनुभएको हो । सो विषयमा निर्वाचन आयोग...
भृकुटीमण्डपबाट केपी ओलीले गरे देउवा र प्रचण्डमाथि जोडदार हमला

भृकुटीमण्डपबाट केपी ओलीले गरे देउवा र प्रचण्डमाथि जोडदार हमला

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारमै बसेर भरतपुर महानगरपालिकाको मतपत्र च्यात्ने योजना बनाएको गम्भीर आरोप लगाएका छन् । भरतपुरमा माओवादी र कांग्रेस मिलेरै धाँधली गर्ने प्रपञ्च रचिएको आरोप लगाउँदै ओलीले एमालेले कुनै पनि हालतमा पुनः मतदान हुन नदिने बताए । चितवनमा बालुवाटारबाट खटाइएका ‘गुरिल्ला’ हरुले...
अपडेट: सेनाको विमान दुर्घटनामा पाइलटको मृत्यु

अपडेट: सेनाको विमान दुर्घटनामा पाइलटको मृत्यु

भीमदत्तनगर। नेपाली सेनाको कार्गो विमान आज मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ । अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा । दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमान...
ट्यांकरले च्यापेर बस चालकको मृत्यु

ट्यांकरले च्यापेर बस चालकको मृत्यु

सुरुङ्गा (झापा) । ट्यांकरले च्यापेर मेचीनगर नगरपालिका– १० मा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी कृष्णप्रसाद दाहाल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ना २ ख २९७१ नं को ट्यांकर पछाडि सार्ने क्रममा मे १ ख १३०३ नंको बससँग ठोक्किएको थियो । सोही क्रममा मे ४ ख १३१९ नं बसका चालक दाहालको च्यापिएर मृत्यु भएको हो । ट्यांकर र बसका बीचमा च्यापिएर गम्भीर घाइ...
फिदिम नगरलाई ‘स्मार्ट सिटी’ बनाउँछु– नेम्बाङ

फिदिम नगरलाई ‘स्मार्ट सिटी’ बनाउँछु– नेम्बाङ

  पाँचथर । नेपाली काँग्रेस फिदिम नगरपालिकाका प्रमुख उपप्रमुख पदको उम्मेदवार घोषणा गरिएको छ । प्रेस समन्वय समितिले आज पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा प्रमुख पदमा पार्टीका महाधिवेशन प्रतिनिधि ओनाहाङ नेम्बाङ र उपप्रमुखमा उर्मिला प्रधान श्रेष्ठलाई उम्मेदवार चयन गरेको जानकारी दिइयो । कार्यक्रममा काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङले पार्टीको आधिकारिक उम्मेदवार नेम्बा...
आधुनिक ‘चमेली’सँग कसरी होला ‘शास्त्री’ कमलेको बिहे ?

आधुनिक ‘चमेली’सँग कसरी होला ‘शास्त्री’ कमलेको बिहे ?

नेपाली चलचित्रका मेकरहरु अहिले कथावस्तुमा आधुनिकतासँगै नेपालकै संकृतीको फ्यूजन खोजिरहेका छन् । प्रदर्शन मिति तय नगरिएको चलचित्र ‘कमलेको बिहे’ले पनि यस्तै कथाको खोजी गरेको छ । सार्वजनिक भएको ट्रेलरमा संकृत विद्या पढेर शास्त्री बनेको ‘कमले’ र आधुनिक यूवती ‘चमेली’को रोमाञ्चक प्रेम कथालाई प्रस्तुत गरिएको छ । प्रसन्न पौडेलको निर्देशनमा तयार भएको यो चलचित्रको शिर्ष भूमिकामा नायक अनुपविक्रम शाही ...
सिड्नीमा भेटिएकी नीताले भनिन्-हनिमुन मनाउन सिड्नी मै आउँछु

सिड्नीमा भेटिएकी नीताले भनिन्-हनिमुन मनाउन सिड्नी मै आउँछु

  सिड्नी । यतिबेला अभिनेत्री नीता ढुगांना सिड्नी आईपुगेकी छिन । उनी यसै हप्ता जून ३ तारेखका दिन झापाली समाजले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुने छिन । उनी अहिले भने सिड्नी घुम्नमा ब्यस्त छिन । ‘अष्टेलिया आउने सपना पूरा भयो,’ उनले भनिन्, ‘ यो निकै सुन्दर मूलुक रहेछ,’ सिड्नीमा रहेको ओपरा हाउस घुमेपछी भने नितालाई प्रेमीको याद आएछ ‘ओपरा हाउसमा प्रेमीसंग आउन पाएको भए अर्कै मज्जा आउँथ्य...
फूलबारीमा मणिमुकुन्द सेनको सालिक निर्माण

फूलबारीमा मणिमुकुन्द सेनको सालिक निर्माण

बुटवल । मणिमुकुन्द सेन उद्यानमा मणिमुकुन्द सेनको पूर्ण कदको घोड सवार सालिक निर्माण गरिएको छ । रु तीन लाख ९१ हजारको लागतमा मणिमुकुन्द सेन उद्यान संरक्षण समितिले सो सालिक निर्माण गरेको हो । कलात्मक ढङ्गले निर्माण गरिएको सालिकको आज समितिका अध्यक्ष खेमप्रसाद लुइँटेलले अनावरण गर्दै सालिकको निर्माणले फूलबारीको आकर्षणमा नयाँ आयाम थपेको बताउनुभयो । विसं २०३६ मा स्थापित फूलबारी २०५४ सालदेखि मणिमुकु...
सुनसहित विमानस्थलबाट पक्राउ

सुनसहित विमानस्थलबाट पक्राउ

काठमाडौ । साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई काठमाडौँ महानगरपालिका नयाँ बसपार्कमा होटल म्याग्दी पोखरा सञ्चालन गरी बस्ने ३२ वर्षीय राजकुमार भुसाललाई प्रहरीले २०० ग्राम सुनसहित पक्राउ गरेको हो । साउदीबाट थारुसँगै नेपाल आएका उनका साथीहरुसँग भन्सार जाँचपछ...
शिक्षकहरुको राजनीति मोह,चुनाव लड्न धमाधम राजीनामा

शिक्षकहरुको राजनीति मोह,चुनाव लड्न धमाधम राजीनामा

गुल्मी । स्थानीय तहको चुनावमा उम्मेदवार बन्नको लागि यहाँका शिक्षकशिक्षिकाहरुले धमाधम राजीनामा दिन थालेका छन् । दोस्रो चरणमा हुने चुनावका लागि उम्मेदवार बन्नका लागि यहाँका २० जना शिक्षकहरुले राजीनामा दिएका हुन् । राजीनामा दिने शिक्षकहरु मध्ये १५ जना प्राथमिक तहका शिक्षकशिक्षिकाहरुले रहेको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । यस्तै निमावि तर्फका ५ जना शिक्षकले राजीनामा दिएका छन् । प्र...
मजदुर भन्छन्– ‘चुनाव नलागे पनि भोट हाल्छौँ’

मजदुर भन्छन्– ‘चुनाव नलागे पनि भोट हाल्छौँ’

बनियानी (झापा) । दोस्रो चरणको स्थानीय तहको निर्वाचन सङ्घारमा आइसकेको छ । अधिकांश उम्मेदवार मतदतासँग भोट माग्न घरदैलो अभियानमा जुटेका छन् तर दैनिक ज्यालादारी गरेर दुई छाक टार्दै आएका मजदुर वर्गमा भने त्यति धेरै चुनावी रौनक नभएपनि मतदान गर्ने पक्षमा छन् झापाको बिर्तामोडस्थित एक्सल बैंक नजिकै बालुवा चालिरहेका चारपानेका राजु मगरले चुनावको दिन काममा नजाने सोच बनाउनु भएको छ । ‘काम नगरी मुखमा माड लाग्...
सहमतीय सरकारका लागि छलफल

सहमतीय सरकारका लागि छलफल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएपछि नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सहमतिका आधारमा नयाँ सरकार गठन गर्न छलफल सुरु भएको छ । राजनीतिक सहमतिका आधारमा नयाँ सरकार गठन सम्बन्धमा आज व्यवस्थापिका–संसद्को ठूलो दल नेपाली काँग्रेसको संयोजनमा संसद् भवन नयाँ बानेश्वरमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताको छलफल भएको हो । बैठकमा प्रमुख प्रतिप...
error: Content is protected !!