संगालोखबर सम्वाददाता

धनकुटा, २७ साउन । अनैतिक कृयाकलापमा संलग्न रहेको अभियोगमा धनकुटाको भेडेटारबाट प्रहरीले नौ जना युवा–युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार युवा र पाँच युवती छन । जसमध्ये दुई युवा भारतीय हुन ।

Advertisement

बीआर ०१ एभी १९०५ नम्बरको भारतीय गाडीमा उनीहरु भेडेटार आएका थिए । यौन कृयाकलापमा संलग्न रहेको पाईएपछि उनीहरुलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार अनुसन्धानका क्रममा युवतीहरु ब्यावसायिक यौन कृयाकलापमा संलग्न रहेको देखिएको छ ।

‘युवतीहरुलाई ६÷६ हजारका दरले पैसा दिएर ल्याएका रहेछन ।’ प्रहरी प्रमुख राजभण्डारीले संगालोखबरसँग भने ‘अनैतिक कृयाकलापमा संलग्न भएको पाईएपछि पक्राउ गरिएको हो ।’

पक्राउ परेकाहरुलाई शुक्रवार सार्वजनिक अपराध अन्र्तगत मुद्धा दायर गरेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!