बाग्लुङमा जीप दुर्घटनामा २ जनाको मृत्यु, ८ घाइते

बाग्लुङमा जीप दुर्घटनामा २ जनाको मृत्यु, ८ घाइते

बाग्लुङ । बाग्लुङको काठेखोला गाउँपालिका वडा नम्बर–७ रेश जिरेदीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । ८ जना घाईते भएका छन् । प्रहरी नायब उपरिक्षक अनिल खड्काका अनुसार बिहान ध १ ज १८८ नम्बरको जीप दुर्घटना हुदाँ स्थानीय काठेखोला–७ का ८ बर्षीय बालक दिपक कार्की र सोहि ठाउँका २५ वर्षीय लालबहादुर थापाको मृत्यु भएको हो । १० यात्रु सवार जीप अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको हो । घाईतेको अह...
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्यायपरिषद्का सचिव सुवेदी

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्यायपरिषद्का सचिव सुवेदी

काठमाडौं।  मन्त्रिपरिषद्को बैठकले न्यायपरिषद्का सचिव नहकुल सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीवार बसेको बैठकले नेपाल सरकार र अष्ट्रेलिया सरकार बीच दुईपक्षीय परामर्श संयन्त्र स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र सचिवलाई अख्तियारी दिने निर्णय गरेको छ । यसैगरी, बैठकले नेपाल सरकार र मित्रराष्ट्...
३७९ एम्पुल लागुऔषध सहित ३ पक्राउ

३७९ एम्पुल लागुऔषध सहित ३ पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी प्रभाग नागढुंगाले सार्वजनिक बसमा लुकाएर लागुऔषध ल्याउँदै गरेका सर्लाहीको लालबन्दी-७ का १७ वर्षे सोनु कापरलाई पक्राउ गरेकोहो । कापरको सहयोगमा कलंकीबाट थप २ जनालाई पक्राउ गरिएको प्रहरी प्रभाग नागढुंगाका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । पक्राउ पर्ने लालबन्दी-८ घर भएका २२ वर्षे सविन लामा र लालबन्द...
यूएन पार्क क्षेत्रलाई व्यवस्थित गरिने

यूएन पार्क क्षेत्रलाई व्यवस्थित गरिने

काठमाडौं । सहरी विकास मन्त्रालयले संयुक्त राष्ट्रसङ्घ (यूएन) पार्क (थापाथलीदेखि टेकुसम्मको बाग्मती किनार) क्षेत्रलाई व्यवस्थित बनाउने भएको छ ।   मन्त्रालयका सचिव, संयुक्त राष्ट्रसङ्घ पार्क विकास समितिका पदाधिकारीको बुधवार सम्पन्न बैठकले पार्कको सम्पूर्ण जग्गालाई व्यवस्थित गर्ने र प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । बैठकमा सहरी विकासमन्त्री प्रभु शाहको उपस्थिति रहेको थियो । नेपाल सरकारद्वारा तो...
वैदेशिक रोजगारीमा ठगिनु भएको छ ? अब उद्धारका लागि स्थापना भयो ‘सहायता कक्ष’

वैदेशिक रोजगारीमा ठगिनु भएको छ ? अब उद्धारका लागि स्थापना भयो ‘सहायता कक्ष’

काठमाडौं। श्रम तथा रोजगार मन्त्रालयमा वैदेशिक रोजगारीका ठगी तथा उद्धारसम्बन्धी घटनाका लागि ‘सहायता कक्ष’ स्थापना भएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले उक्त सहायता कक्षको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले  वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डसँग समन्वय गर्ने गरी  कक्षले काम गर्ने जानकारी दिए ।  उनले भने, ‘दिनहुँ वैदेशिक रोज...
मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयविरुद्ध क्रान्तिकारीको आन्दोलन

मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयविरुद्ध क्रान्तिकारीको आन्दोलन

काठमाडौं, २२ असार । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले मापदण्डभन्दा बढी शुल्क लिने राजधानी उपत्यकाका निजी विद्यालयविरुद्ध प्रतिरोध सङ्घर्ष गर्ने बताएको छ । गत जेठ १५ मा शिक्षा मन्त्रालय र विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट १५ दिनभित्र शुल्क फिर्ता गराउने सहमति भ...
इटहरीमा भएको दुर्घटनामा एकको मृत्यु

इटहरीमा भएको दुर्घटनामा एकको मृत्यु

इटहरी। इटहरी उपमहानगरपालिकाको मुख्य चोकदेखि एक किमी दक्षिणको धरान–विराटनगर सडकखण्डको साथी फ्युल पेट्रोल पम्प नजिक ट्याक्टरको ठक्करबाट इटहरी–२० का तरुण दलका युवा रोशन तामाङको घटनास्थलमा नै मृत्यु भएको छ । इटहरीबाट विराटनगरतिर गइरहेका तामाङ ओभरटेक गर्ने क्रममा ट्याक्टरमा ठोक्किएपछि पछाडिबाट आउँदै गरेको ट्रकले सडकमा पछारिन पुगेका युवक तामाङ किचिन पुगेका थिए । को ६ प ९९२ नंको मोटरसाइकलमा यात्रारत ...
उनान्साठी घन्टापछि धरानको मतगणना सुरु

उनान्साठी घन्टापछि धरानको मतगणना सुरु

इटहरी  । धरान उपमहानगर–९ को मतगणना चलिरहँदा गणकले गलत मनसाय राखी एउटा पार्टीले प्राप्त गरेको मत अर्कै पार्टीका लागि योगफल तयार पारिदिएपछि उत्पन्न समस्याले राति अबेरसम्म चलेको बैठकले निकास निकालेको छ । बैठकले निकास निकाल्दै आज बिहानदेखि ५९ घन्टादेखि अवरुद्ध रहेको मतगणना चालु हुने भएको छ ।  प्रमुख निर्वाचन अधिकृत अर्जुनकुमार कोइरालाको प्रमुख सक्रियतामा राति अबेरसम्म धरानमा चलेको बैठकले यसअघिका न...
परासीको समन्वय समितिको कार्यालयमा आगलागी : १० लाख बराबरको क्षति

परासीको समन्वय समितिको कार्यालयमा आगलागी : १० लाख बराबरको क्षति

नवलपरासी । जिल्ला समन्वय समिति नवलपरासीको कार्यालय भवनमा आज बिहान आगलागी भएको छ । आगलागीबाट कार्यालयको सूचना शाखा, सामाजिक विकास शाखा लगायतका कोठामा रहेका सम्पूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतका सामग्री पूर्णरुपमा नष्ट भएको छ । कागजात तथा भौतिक संरचना गरी आगलागीबाट १० लाख बराबरको क्षति भएको कार्यालयले जनाएको छ । मध्यरात १२ बजे बिजुली सर्ट भइ आगलागी लागेको प्रहरीले जनाएको छ । सदरमुकाम रामग्...
२०७४ असार २२ गते बिहिबारको राशिफल

२०७४ असार २२ गते बिहिबारको राशिफल

मेष– आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ । वृष– कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ । मिथुन– आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला । कर्कट– स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला ...
एक ट्राफिक प्रहरीको जिम्मामा एक हजार सवारी साधन

एक ट्राफिक प्रहरीको जिम्मामा एक हजार सवारी साधन

काठमाडौँ । ट्राफिक प्रहरीले निर्बाह गर्नुपर्ने दायित्व धेरै छ तर पर्याप्त जनशक्तिको अभावमा सबै दायित्व पूरा गर्न कठिन भएको छ । निर्धारित भन्दा बढी भाडा लिएको, दर्ता नगरी सवारी साधन चलाएको, विदेशमा दर्ता भएका सवारी साधन अनुमति नलिइ चलाएको, बाटो इजाजत नलिएको, ट्राफिक सङ्केत इसारा उलङ्घन गरेकोे, निषेधित स्थानमा पार्किङ गरेको वा हर्न बजाएकामा कारबाही गर्न ट्राफिकलाई अधिकार दिइएको छ । यस्तै एकतर्फी...
पाकिस्तानको सडक दुर्घटनामा ११ को मृत्यु

पाकिस्तानको सडक दुर्घटनामा ११ को मृत्यु

इस्लामाबाद । पाकिस्तानको उत्तरी प्रान्त पन्जावमा बुधबार विहान भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अरु २२ जना घाइते भएका छन् । पन्जाबको लायाह जिल्लामा यात्रुबहाक बस र ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुनासाथ प्रहरी र उद्वारकर्ताको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका मध्ये केहीलाई छिमेकी जिल्ला मुल्तानको ठूलो ...
माथिल्लो कर्णाली निर्माणको आशा जाग्दै

माथिल्लो कर्णाली निर्माणको आशा जाग्दै

काठमाडौँ । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण हुने आशा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा पलाएको छ । आयोजना निर्माणका निम्ति आवश्यक पर्ने जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको र बङ्गालादेशसँग विद्युत् खरिद÷बिक्री सम्झौतासमेत भइसकेकाले आयोजना बन्ने आशा पलाएको हो । लगानी बोर्डको कार्यालय र परियोजना निर्माता कम्पनी ग्रान्धी मल्लिकार्जुन राव ९जिएमआर०ले...
भारू नोटको सटहीका सम्बन्धमा छिटो हल गरिने

भारू नोटको सटहीका सम्बन्धमा छिटो हल गरिने

काठमाडाै‌ं । पप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताएका छन् । व्यवस्थापिका–संसद् बैठकलाई उनले आफ्नो भारत भ्रमणका बेला प्रधानमन्त्री देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए । उपप्रधानमन्त्री महराले भने, ‘भ्रमणका क्रममा  दुवै मुलुकबीच पाइप लाइनमा भएका विकाससँग सम्बन्धित ...
स्थानीय तहका लागि शीघ्र कानून बनाउनुपर्नेमा सांसदहरुको जोड

स्थानीय तहका लागि शीघ्र कानून बनाउनुपर्नेमा सांसदहरुको जोड

काठमाडौँ । सांसदहरुले स्थानीय तहको निर्वाचन सम्पन्न भइ सके पनि निर्वाचित जनप्रतिनिधिलाई काम गर्न आवश्यक कानून शीघ्र निर्माण गर्नुपर्ने बताउनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा सांसद डा राजन भट्टराईले हालै निर्वाचन सम्पन्न भएका स्थानीय तहका लागि आवश्यक कानुन छिटो ल्याउनुपर्ने बताउनुभयो । संविधानले तोकेको अवधिभित्र सबै प्रकारका निर्वाचनको तयारीमा सरकारको आवश्यक तदारुकता नद...
पशुपन्छीको व्यावसायिक विकासका लागि तीन अर्ब

पशुपन्छीको व्यावसायिक विकासका लागि तीन अर्ब

काठमाडौँ । पशुपन्छी विकास मन्त्रालयले मुलुकको नयाँ संरचनानुसार ७४४ स्थानीय तहमा पशु तथा पन्छीको व्यावसायिक विकास गर्ने योजना ल्याएको छ । उक्त कार्यक्रमानुसार उन्नत नश्ल पशु वितरण, घाँस उत्पादन, पशु स्वास्थ्य परीक्षण तथा औषधि, खोपलगायत विषय समावेश गरिएको छ । देशका सातै प्रदेशमा पशुअन्तर्गत गाई, भैँसी, पाडापाडी, खसीबोका, भेँडाच्याङ्ग्रा तथा पन्छीमा कुखुरा, हाँस, अस्ट्रिचलगायत पालन गर्ने कृषकलाई ...
तनहुँको कमलबारीमा बस दुर्घटना

तनहुँको कमलबारीमा बस दुर्घटना

दमौली। भैरहवाबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ६ ख २४८० नम्बरको बस आज बिहान व्यास नगरपालिका वडा नं १२ कमलबारीमा दुर्घटना भएको छ । नारायणगढ मुग्लिङ सडक खण्ड अवरुद्ध भएसंगै उक्त बस बुटवल देखी पोखरा हुँदै काठमाण्डौंका लागि हिडेको थियो । उक्त सडकखण्ड बाट काठमाडौ सम्मको यात्रा लामो हुने भएपनि जाममा बस्न नपरोस् भनेर सो बस पोखरा हुँदै काठमाडौं जान लागेको थियो । बसको अगाडि भाग नालामा खस्दा उक्त दुर्...
कोहलपुर नगरपालिकामा एमालेको जित

कोहलपुर नगरपालिकामा एमालेको जित

बाँके। बाँकेको कोहलपुर नगरपालिकामा एमालेका लुट बहादुर रावल विजयी भएका  छन्। रावलले ९००७ मत पाएका हुन्। उनका  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भानुभत्त भट्टराईले ८०२४ मत पाएका छन्। यस्तै उपमेयरमा कांग्रेसकी  सञ्जुकमारी थारूले १० हजार ५३ ल्याएर विजयी भइन्। उनकी निकटम् प्रतिश्पर्धी नेकपा एमालेकी कृष्णा चौधरीले ९३७९ मत ल्याइन्। यो सँगै बाँकेका सम्पूर्ण स्थानीय निकायको अन्तिम मत परिणाम आइसके...
सुनको मूल्य वढ्यो

सुनको मूल्य वढ्यो

काठमाडौ। आज सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । नेपाली बजारमा आज सुन प्रतितोला ५३ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य केही बढेपनि चाँदीको मूल्यमा भने तलमाथि भएको छैन । आज पनि चाँदी ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक अवरुद्ध

गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक अवरुद्ध

गुल्मी । अबिरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक खण्ड गएरातिदेखि अवरुद्ध बनेको छ । उक्त सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे, बादरे भीर र मुसिकोट नगरपालिका अन्तरगत लौरेसिमल नजिकै पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो । जिल्लामा सबैभन्दा बढी सवारी साधन सञ्चालन हुँदै आएको अति व्यस्त उक्त सडक खण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल र काठमाडाँैसम्म छुट्न...
३४ घन्टा बितिसक्दा पनि मतगणनाअझै सुरु हुन् सकेन

३४ घन्टा बितिसक्दा पनि मतगणनाअझै सुरु हुन् सकेन

इटहरी । धरान उपमहानगरपालिको मतगणना कार्य अवरुद्ध भएको ३४ घन्टा बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन् । मतगणनाको योगफलमा मत गणकले गम्भीर त्रुटि गरेको तथ्य फेला परेपछि गत असार १९ गते ९ बजेबाट अवरुद्ध भएको मतगणना कार्य अहिलेसम्म सुरु हुन सकेको छैन् । धरान–९ को मतगणना चलिरहँदा मत गणक मनबहादुर कार्की र धनकुमार राईले माओवादी केन्द्रका पक्षमा आएको ५० मत नेकपा एमालेको पक्षमा लागेर योगफल तयार पारेको आ...
गौरादह नगरपालिकामा काँग्रेस विजयी

गौरादह नगरपालिकामा काँग्रेस विजयी

दमक । झापाको गौरादह नगरपालिकामा नेपाली काँग्रेस विजयी भएका छन् । उक्त नगरपालिकाको प्रमुखमा रोहिकुमार शाहले १० हजार ३०८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका मदन अधिकारीले नौ हजार ८५४ मत प्राप्त गर्नुभयो । यस्तै, उपप्रमुखमा एमालेकी गीता भेटवाल निर्वाचित हुनुभएको छ । १० वटा वडा रहेको सो नगरपालिकाको वडा नं। २, ६ र ९ को वडाध्यक्षमा काँग्रेस तथा वडा नं। १, ३...
उत्तरले लामो दुरीको क्षेप्यास्त्र परिक्षण गरेको अमेरिकाद्वारा पुष्टि

उत्तरले लामो दुरीको क्षेप्यास्त्र परिक्षण गरेको अमेरिकाद्वारा पुष्टि

वासिङटन । उत्तर कोरियाले लामो दुरीको क्षेप्यास्त्र परिक्षण गरेको अमेरिकाले पुष्टि गरेको छ । विज्ञहरुले उक्त क्षेप्यास्त्र अलास्कासम्म पुग्न सक्ने अनुमान गरेका छन् । अमेरिकी सेक्रेटरी अफ स्टेट रेक्स टाइलर्सनले यसलाई अमेरिका र विश्वका लागि ‘खतराको नयाँ संकेत’ भएको बताउँदै वासिङटनले परमाणु हतियारयुक्त उत्तर कोरियालाई कहिल्यै स्वीकार नगर्ने चेनावनी दिए । प्योङयाङले मंगलबार अन्तरमहादेशीय बलिस्टिक क्ष...
बाढीले सप्तरीका दर्जनौं गाउँ जलमग्न

बाढीले सप्तरीका दर्जनौं गाउँ जलमग्न

राजविराज ।  बिगत तीनर/चार दिनदेखि परेको अविरल वर्षा कारण आएको बाढीले सप्तरीका दर्जनौं गाउँ जलमग्न भएका छन्। खाडो नदी, बिगुल, त्रियुगा, महुली र सुन्दरी लगायतका खोलामा बाढी आउँदा कंचनरुप नगरपालिका, तिरहुत गाउँपालिका, रुपनी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, कृष्णासवरण गाउँपालिकालगायत दर्जनौँ गाउँका एक हजार ५०० भन्दाबढी घर डुबानमा परेका छन्। बाढीले हजारौं विगहामा लगाइएको धानबाली समेत बाढीले बगा...
नुवाकोटमा नदीजन्य सामग्रीको उत्खनन बन्द

नुवाकोटमा नदीजन्य सामग्रीको उत्खनन बन्द

नुवाकोट, २१ असार । जिल्ला समन्वय समिति नुवाकोटले नदीजन्य सामग्रीको उत्खनन बन्द गराएको छ। असारदेखि भदौ तीन महिना नदीमा पानीको बहाव बढेकाले नदीजन्य सामग्रीको उत्खननले किनार क्षेत्रमा कटानबाट जोखिम निम्त्याउने भन्दै उत्खननमा पूर्णरुपमा रोक लगाएको स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले जानकारी दिए। ‘ठेक्का लगाएर नदी एवम् खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य सामग्री उत्खनन र निकासीमा र...
रेडपान्डा र चितुवाको छालासहित तीन पक्राउ

रेडपान्डा र चितुवाको छालासहित तीन पक्राउ

सुर्खेत। दुर्लभ वन्यजन्तु रेडपान्डा र चितुवाको छालासहित तीन जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोट महाबु– ३ का ३८ वर्षीय दीपक सिंह, खाडाचक्र नगरपालिका– ३ का २४ वर्षीय रमित मल्ल र दैलेख नारायण नगरपालिका– ११ का ३५ बलबहादुर सिंह रहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुर्लभ रेडपान्डा र चितुवाको छाला दुई थान तथा त्यसको हड्डीसहित आज वीरेन्द्रनगरको एरिचोकबाट उनीहर...
जिप दुर्घटना हुँदा सातजना घाइते

जिप दुर्घटना हुँदा सातजना घाइते

बैतडी । जिप दुर्घटना हुँदा बैतडीमा सातजना घाइते भएका छन् । देहिमाडाँबाट गिरेगाडाका लागि हिँडेको से १ ज ५६७ नंको जिप गएराति ९ बजे दशरथचन्द नगरपालिका–९ को पार्साखोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो । कच्ची बाटामो पानी परेको र चिप्लो भएकाले चिप्लिएर जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ । घाइते हुनेमा बैतडी पञ्चेश्वर–५ का २१ वर्षीय प्रकाश भण्डारी, ३६ वर्षीया कलावती चन्द, १५ वर्षीय कमलेश महतर, प...
बेलबारीमा एमाले विजयी

बेलबारीमा एमाले विजयी

बेलबारी । मोरङको बेलबारी नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार मेयर र उपमेयर दुवैमा एमाले बिजयी भएको छ । मेयरमा नेपाली काँग्रेसका राजकुमार लिम्बुलाई पराजित गर्दै ज्ञानेन्द्र सुवेदी र उपमेयरमा काँग्रेसकी उपमेयर उम्मेदवार रुक्मिणी धिमाललाई पराजित गर्दै ढाका पराजुली तारा निर्बाचित भएका छन । यस्तै वडा नम्बर ११ को अध्यक्षमा नेपाली नेकपा एमालेकै राजन पोख्रेल अत्याधिक मतका साथ बिजयी भएका छन ।
अझै सुचारू हुन सकेन धरानकाे मतगणना

अझै सुचारू हुन सकेन धरानकाे मतगणना

धरान। नेकपा माओवादीसंगै संघीय गठबन्धनले गरेको विरोधका कारण सोमबार ११ बजेदेखि स्थगित भएको मतगणना आज दिनभरि पनि हुन सकेन । मत गणनाको क्रममा गणक कर्मचारीहरुले ‘एउटाको मत अर्कोकोमा गणना गरेको’ भन्दै आएका गठबन्धनले पुन मतगणनाको माग गर्दै गणक कर्मचारीलाई कारबाहीको माग गर्दै दिनभरि जसो धरान ८ निर्वाचन कार्यालयमा चर्को नाराबाजीसहित धर्ना दिएको छ । पटक पटक बसेको सर्वदलीय बैठकले पनि पुन मतगणना गर्न...
महालक्ष्मीका मेयरको यस्तो छ पहिलो निर्णय

महालक्ष्मीका मेयरको यस्तो छ पहिलो निर्णय

महालक्ष्मी (धनकुटा) । धनकुटाको महालक्ष्मी नगरपालिकाका नव निर्वाचित मेयर पर्शुराम नेपालले सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै दुई महिना भित्र सवै वडा कार्यालय स्थापना गर्ने निर्णय गरेका छन । उनले दुई महिना भित्र महालक्ष्मी नगरपालिकाका नौ वटै वडा कार्यालय स्थापना गर्ने प्रतिवद्धता जनाएका हुन । ‘अवको दुई महिना भित्र महालक्ष्मीका सवै वडा कार्यालय स्थापना गर्छौ ।’ पदभारग्रहणपछि नव निर्वाचित मेयर नेपा...
जनतासँगको प्रतिवद्धता पुरा गर्न जनप्रतिनिधि भएलगत्तै काम सुरु

जनतासँगको प्रतिवद्धता पुरा गर्न जनप्रतिनिधि भएलगत्तै काम सुरु

छथर जोरपाटी (धनकुटा) । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शेरबहादुर लिम्बुले भोट माग्न जाँदा जनतासँग गरेको प्रतिवद्धता अनरुप कामको थालनी गरेका छन । गाउँपालिका अध्यक्षमा निर्वाचित भएलगत्तै लिम्बुले सिधुवा बजार हुँदै स्वास्थ्य चौकी जोड्ने पक्की सडकको शिलान्यास गरेका हुन । पक्की सडकको शिलान्यास गर्दै अध्यक्ष लिम्बुले आफुले चुनावमा वेला भोट माग्न जाँदा गरेका सवै प्रतिवद्ध...
error: Content is protected !!