एजेन्सी । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । सरकारी अधिकारीका अनुसार उक्त भूकम्पको तीब्रता ७.१ म्याग्निच्युट मापन गरिएको छ। सिएनएनका अनुसार भूकम्पमा परी अहिलेसम्म कम्तीमा ११६ जनाको ज्यान गएको छ ।

भूकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या अझै धेरै हुनसक्ने अनुमान गरिएको छ । भूकम्पले राजधानी मेक्सिको सिटीमा दर्जनौं घरहरु भत्किएको छ।

भत्किएको घरमा मानिसहरु लगायत जनावरहरु पुरिएको आशंका गरिएको छ । उद्दारकर्ताहरुले भग्नावशेषमा पुरिएका हुनसक्ने जीवितहरुको खोजी गरिरहेका छन्।

भूकम्पको झट्का राजधानी मेक्सिको सिटीमा समेत महसूस गरिएको थियो। भूकम्पका कारण भवनहरु खाली गराइएको छ।

भूकम्पको केन्द्रबिन्दू पुएब्ला राज्यमा रहेको छ। ३२ वर्ष अघि आएको ठूलो भूकम्पले हजारौं मारिएको वार्षिकोत्सवका दिन थुप्रै मानिसहरु भूकम्प आउँदा बच्ने उपायको पूर्वाभ्यास गरिरहेका बेला भूकम्प गएको थियो।

मेक्सिकोमै सेप्टेम्बर पहिलो साता ८.१ म्याग्निच्युडको भूकम्प जाँदा यहाँ कम्तिमा ९० जनाको मृत्यु भएको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!