- संगालोखबर सम्वाददाता

धनकुटा, ७ असोज । उद्योग मन्त्री सुनिलबहादुर थापाले धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन पहल भईरहेको बताएका छन ।

मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला आएका थापाले धनकुटा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन ।

काठमाण्डौमा बसेर राजनीतिक दलका नेतालगायतसँग आफ्नो क्षेत्रबाट सक्दो पहल गरिरहेको भन्दै उनले पहलले सार्थकता पाउँने विश्वास ब्यक्त गरे ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापा । तस्वीर रविन कटेल/संगालोखबर

हरेक हिसावले प्रादेशिक राजधानीका लागि धनकुटानै उपयुक्त रहेकोमा जोड दिदै मन्त्री थापाले राजधानीका लागि सवैले अहिले देखिनै सचेत भएर पहल गर्नुपर्ने आवश्यकता औल्याए ।

भौगोलिक हिसावले सवै जिल्लाको केन्द्रमा रहेको, भौतिक पूर्वाधार सम्पन्न भएको, राजधानी बनाउँदा विकर्सित तराईका जिल्लासँग समानता पनि हुँने लगायत कारणले धनकुटानै प्रादेशिक राजधानीका लागि उपयुक्त रहेको उनको तर्क छ ।

फरक प्रसंगमा मन्त्री थापाले उद्योग धन्दाको बिकासका लागि सरकारले नयाँ योनजा बनाउँने तयारी गरिरहेको जानकारी दिए । सरकारी उद्योग धरासायी बन्दै गएको उदाहरण दिदै मन्त्री थापाले नीजि क्षेत्रलाई उद्योग सञ्चालनमा अग्रसर गराउँने तर्फ केन्द्रित हुँने बताएका छन ।

सुनिलबहादुर थापाले धनकुटा राजधानी बनाउँने बिषयमा यसो भने, भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!