ज्यो.प.तुलसी भारद्वाज निरौला

मेष– माता पिताको स्वास्थ्यमा केहि कमजोरी आउने देखिन्छ, सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला ।

वृष– प्रशस्त धन आर्जन गर्ने मौका छ । कर्मप्राप्तिको योग छ । राम्रै सफलता मिल्नेछ ।

Advertisement

मिथुन– व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । प्रतिस्पर्धीहरूले हार खान सक्छन ।

कर्कट– स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ ।

सिंह– पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

कन्या– धर्मकर्ममा रुची बढ्नेछ, खेलकुद तथा कलाकारिता क्षेत्रमा रहने हरुको लागि समय उत्साह प्रद देखिन्छ ।

तुला– समाजमा तपाईंका कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राको समय छ ।

वृश्चिक– खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ, बिस्वास गरेकाबाट धोका हुन सक्छ ।

धनु– काममा रुची घट्नेछ भने मनमा खराब बिचारहरुले डेरा जमाउनेछन ।

मकर– दिनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ, धन लगानी गर्ने अवसर पाउनुहुनेछ ।

कुम्भ– सहयोग,पुरस्कार र हौशला जस्ता कुरा हरुमा बृध्दि हुनेछ, बिग्रिएका कामहरु बन्ने छन ।

मीन– विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । यात्रा नगरेकै बेश होला ।

ज्यो.प.तुलसी भारद्वाज निरौला

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!