धनकुटा, ५ असोज । अन्तर्राष्ट्रिय शान्ति दिवशको अवसर पारेर बिहिबार धनकुटामा शान्ति अभियान्ताहरुलाई सम्मान गरिएको छ । स्थानीय शान्ति समिति धनकुटाले जिल्लाको शान्ति प्रवद्र्धनमा योगदान पुर्याउँनेहरुलाई सम्मान गरेको हो ।
सम्मानीत हुँनेहरुमा स्थानीय शान्ति समितिका पूर्व संयोजक एवं जिल्ला समन्वय समितिका सभापति टंकवहादुर चुवान, शान्ति समितिका पूर्व संयोजकहरु डिल्लीराम राई, टिकाप्रसाद घिमिरे, विजयसन्तोषी राई, बलवहादुर राई, टिकादेवी भण्डारी, हरीभक्त वान्तवा, कोपिला शंकर, हिमादेवी वस्नेत र रेजिना हिङ्माङ्ग लगायत छन ।

पूर्व संयोजकहरु र सदस्यहरुलाई शान्ति समितिका प्रमुख सिता भण्डारीले सम्मान पत्र र सहायक प्रमुख मञ्जु राई र दिपेश राईले खादा ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा दशै, तिहार लगायत चाडपर्वको शुभकामना आदान–प्रदानसमेत गरिएको शान्ति समितिका पूर्व संयोजक बिजयसन्तोषी राईले जानकारी दिएका छन ।















