- संगालोखबर सम्वाददाता

धनकुटा, ४ असोज । धनकुटाको डाँडाबजारमा आज मालबाहक ट्रक दुर्घटना भएको छ । डाँडाबजारबाट धरान जाँदै गरेको ना.३ ख ७१९२ नम्बरको ट्रक बिहान करिव ११ बजे साँघुरीगढी गाउँपालिका–५ स्थित डाँडाबजार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा मानवीय क्षती नभएको डाँडाबजार प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक राजकुमार कटेलले संगालोखबरलाई जानकारी दिए । सडक ढाक्नेगरी ट्रक पल्टिएपछि भेडेटार–राजारानी सडकखण्ड अवरुद्ध भएको छ ।

Advertisement

मौनावुधुकबाट जेसिभि ल्याएर सडक सुचारु गर्ने प्रयास भईरहेको प्रहरी सहायक निरीक्षक कटेलले बताए । उत्तिसको लकडी लिएर धरान तर्फ जाँदै गरेको उक्त ट्रक व्रेक फेल भएर पल्टिएको अनुमान गरिएको छ ।

दुर्घटनाका तस्वीरहरु हेर्नुहोस्…

तस्वीर: त्रिलोचल घिमिरे, अमृत चेम्जोङ 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!