संगालोखबर सम्वाददाता

धनकुटा, ६ असोज । धनकुटामा पनि ‘प्रहरी हाम्रो टोलमा’ अभियान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयले आज बिहान कार्यक्रम गरी अभियानको सुरुवात गरेको हो ।

गृहमन्त्रीको ८४ वुँदे गृह प्रशासन सुधार कार्यक्रम अनरुप ‘शान्ति सुरक्षा र सुशासन, जनमैत्री प्रहरी र हाम्रो प्रशासन’ नारासहित अभियान सुरु गरिएको हो । देशब्यापी रुपमा चलाईएको यो अभियानको थालनीका क्रममा धनकुटामा बिहान प्रभातफेरी निकालिएको थियो ।

Advertisement

त्यसपश्चात जिल्ला प्रहरी कार्यालयमा कार्यक्रम गरी सरोकारवालहरुलाई अभियानको वारेमा जानकारी गराईएको हो ।

प्रहरी नायव उपरीक्षक धनप्रसाद शिवाकोटीले कार्यक्रममा सहभागि जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, संघ–सस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतलाई अभियानको बिषयमा जानकारी गराएका थिए ।

अभियान अन्र्तरगत अव नियमित रुपमा ग्रामिण गस्ती, जनचेतनामुलक कार्यक्रम, अपराध नियन्त्रण कार्यक्रम, मासिक रुपमा सार्वजनिक सुनुवाई लगायत गरिने जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले जानकारी दिएका छन ।

नागरिकसँग सहकार्य गरेर शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउँने उद्धेशयले सुरु भएको यो अभियानलाई साथ दिनका लागि प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले सवैमा आग्रह गरेका छन ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!