संगालोखबर सम्वाददाता

धनकुटा, ५ असोज । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले पर्याप्त कर्मचारी नभएका कारण स्थानीय तहको सेवा प्रवाहमा कठिनाई भएको बताएका छन ।

प्रेस सेन्टरले बिहिबार धनकुटाको सुरभी होटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन । स्थानीय तहका लागि कम्तिमा १६ हजार कर्मचारी आवश्यक पर्ने भएपनि नौ हजार मात्रले काम चलाउँनुपरेको उल्लेख गरे ।

कर्मचारी अभावकै कारण स्थानीय तहबाट पाउने सेवा सुबिधा नपाउँदा ग्रामिण क्षेत्रका जनताले परिवर्तन महसुस गर्न नपाएको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेत । तस्वीर रबिन कटेल/संगालोखबर

कर्मचारीलाई निर्देशन

सामान्य प्रशासन मन्त्रालयले सवै कर्मचारीलाई समान हिसावले कार्यक्षेत्र बिभाजन गरेकाले आनाकानी नगरी तोकेको स्थानमा गएर काम गर्न मन्त्री बस्नेतले कर्मचारीहरुलाई निर्देशन पनि दिएका छन ।

‘हामीले कुनै पनि कर्मचारीलाई भेदभाव नगरी समान हिसावले खटाएका छौ ।’ मन्त्री बस्नेतले भने ‘काम गर्ने वातावरण भएन भन्ने वाहनामा सेवा प्रवाहमा समस्या सृजना हुँनु हुँदैन ।’

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!