संगालोखबर सम्वाददाता

मोरङ, ५ असोज । मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुर स्थित एक घरमा आज बिहान भएको आगलागीमा जलेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

स्थानीय ५५ बर्षीय चन्द्रबहादुर राईको किराना पसल भएको दुई तले घरमा विहान ३ बजे आगलागी भएको हो । आगलागीमा जलेर घरभित्र सुतेका चन्द्र बहादुरकी आमा ८६ बर्षिया गंगामाया राई, श्रीमती ४६ बर्षीया पार्बता राई र बहिनी ४४ बर्षिया बिष्णुमाया राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

चन्द्रबहादुर पनि सम्पर्कबिहीन छन । उनको खोजी भईरहेको छ ।  बिराटनगर, ईटहरी र दमकबाट गएको तीन वटा दमकलको सहायतामा प्रहरी र स्थानीयबासीले विहान करिव ५ बजे आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट भएको थप क्षतिको विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय पथरीले जानएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!