काठमाडौं, ५ असोज। चौतर्फी आलोचना भए पनि निर्वाचन आयोगले प्रमुखसहित सबै पाँच आयुक्तका लागि २ करोड ३२ लाख रुपैयाँ मूल्यका गाडी खरिद गर्ने भएको छ ।

आयुक्तका लागि खरिद गर्न लागिएका एसयुभी (स्पोटर्स युटिलिटी भेइकल) गाडी विलासी वर्गमा पर्छन् ।

आयोगले स्थानीय तहको मौका छोपेर नयाँ गाडी खरिद गर्न सरकारलाई दबाब दिएपछि अर्थ मन्त्रालयले बजेट दिने सहमति जनाएको थियो ।

त्यसअनुसार आयोगले नयाँ गाडी किन्न अहिले अर्थसँग ११ करोड ६० लाख रुपैयाँ बजेट मागेको छ ।

‘आयोगले प्रमुखसहित पाँचजना आयुक्तका लागि गाडी किन्न ११ करोड ६० लाख रुपैयाँ बजेट मागेर पत्र पठाएको छ’, अर्थका एक अधिकारीले भने, ‘प्रत्येक आयुक्तले अब २ करोड ३२ लाख रुपैयाँका नयाँ गाडी चढ्नेछन् ।’

नयाँ गाडी खरिद आवश्यक नभए पनि सरकारको दबाबमा अर्थले पहिले नै सहमति दिएकाले बजेट रोक्न नसकिने ती अधिकारीले बताए ।आजको नागरिक दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!