झापा, १२ कात्तिक । बिर्तामोडमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा गोली चल्दा गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

Advertisement

शनिबारै हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइ वीर अस्पतालमा उपचार थालिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

अन्य घाइते ५ जनाको स्थानीय विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार ५ जना मध्ये ३ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

सघन उपचार कक्षमा उपचाररत् रहेकाहरुमा कनकाई नगरपालिकाकी शुशिला घतानी, मेची नगरपालिकाका अशोक बस्नेत र राजगढका सुनिल पाठक छन् ।

घतानी र बस्नेतको हात र पाठकको हिप र पिठ्यूँमा गोली लागेको थियो ।

घटना प्रहरीको गोली लाग्दा एक जनाको मृत्यु भएको थियो ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!