भर्खाल भत्किँदा पुरिएका ट्याक्सी एवं टाटासुमो गाडी।

काठमाडौं, १२ कात्तिक । गएराति असिनासँगै वर्षा हुँदा गौशालाको भण्डारखालस्थित ‘रिटेनिङ वाल’ भत्किएर तीन वटा सवारी साधन पुरिएका छन्। पर्खालले एउटा ट्याक्सी एवं दुई वटा टाटा सुमो गाडी पुरेको हो।

बा २ ज ३७१४ नम्बरको ट्याक्सी तथा ना १ ज ३७००, ना १ ज ४९२० नम्बरको टाटा सुमो गाडीलाई पर्खालले पुरेको हो।महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले नागरिकन्युजसँग भने, ‘गए राति असिना पानी परेपछि पर्खाल भत्किँदा घटना भएको हो।’ घटनामा मानवीय क्षति नभएको उनले बताए।

Advertisement

महानगरीय ट्राफिक प्रहरी प्रवक्ता एसएसपी उमेश रञ्जितकारका अनुसार एउटा ट्याक्सी र एउटा सुमोमा धेरै क्षति भएको छ। एउटा सुमो गाडीको भने झ्यालको सिसा फुटेको छ।

‘गाडीहरु पार्किङ गरेको अवस्थामा पर्खाल भत्किएर पुरेको हो’, महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले नागरिकन्युजसँग भने, ‘गए राति असिना पानी परेपछि पर्खाल भत्किँदा घटना भएको हो।’ घटनामा मानवीय क्षति नभएको उनले बताए।

पर्खालले पुरेका सवारी साधन झिक्न आइतबार बिहान १०ः३० बजे डोजर लगाइएको थियो। स्थानीयका अनुसार सो पर्खाल करिब दुई महिना अघि मात्र निर्माण सम्पन्न गरिएको हो।-नागरिकन्युज

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!