चार सयभन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचार
रुकुम । जिल्लाका विभिन्न ठाउँमा भाइरल ज्वरोको प्रकोप देखापरेको छ । ज्वरोका कारण दैनिक स्वास्थ्य संस्थामा बिरामीको चाप बढिरहेको छ ।
अहिलेसम्म जिल्लाभर ४५० भन्दाबढी बिरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जानकारी दिएको छ ।
जिल्लाको आठबिसकोट नगरपालिका– ३ खदीमा एक सातादेखि फैलिएको अज्ञात रोग भनिएको भए पनि त्यो भाइरल ज्वरो नै रहेको खुलेको छ ।
काठमाडौँबाट शुक्रबार रोग प्रभावित ठाउँ ...























